११ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

काठमाडौं :निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो ।

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछ ।

एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गराउने तयारीमा छ ।