११ श्रावण २०८१, शनिबार

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील विवाह सम्पन भयकाे छ।पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्षनेताहरू काे उपस्थितिमा अध्यक्ष राईले गाेरखाकि कुसुम गुरुङसँग प्रगतिशील विवाह गरेका हुन् । पुँजीवादी विवाहमा जस्तो कुनै तडकभडक नगरी सामान्य सयपत्री फूलको माला र अवीर एकअर्कामा साटासाट गरि मिलन राई र कुसुम गुरुङ वैवाहिक जीवनमा बाँधिएका हुन ।

शुक्रबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको प्रगतिशील विवाह कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली,उदय बहादुर चलाउने,गुणराज लाेहणि, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा लगायतका नेताहरु वैवाहिक कार्यक्रममा सहभागी रहेका थिए। अध्यक्ष किरण लगायतका नेताहरुले प्रगतिशील तथा जनवादी विवाहको वैचारिक तथा सांस्कृतिक महत्वको बारेमा चर्चा गरेका थिए ।कार्यक्रममा चर्चित हाँस्य कलाकार सुबोध गौतमले विभिन्न नेताहरुको क्यारिकेचर गर्दै नवविवाहित जोडीलाई बधाई तथा शुभकामना दिएका थिए ।विवाहमा अनेरास्ववियु कि अध्यक्ष आरती लामा,अखिल (क्रान्तिकारी ) का अध्यक्ष प्रकाश शाही लगाएत विभिन्न बिद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधि हरुकाे उपस्थिति रहेको थियो । यस्तै शुभकामना दिनेहरुमा माओवादी केन्द्र कि नेता अन्जना बिसुन्खे,नेकपा कि नेता आस्था रहेका थिए।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको प्रगतिशील विवाह कार्यक्रममा पुर्व विधार्थि नेताहरू सरद रसाइली ,पुर्ण बहादुर सिंह ,दिपेन्द्र चलाउने ,लाेकेश वि क, रण बहादुर वि क, हरिस भट्ट र टंक जाेशि लगाएत जवस का प्रमुख र पत्रकार हरुकाे उपस्थिति थियो । संगठनका सह संयाेजक विरेन्द्र शाहले प्रगतिशील विवाहका बारे चर्चा गर्दै अबको पुस्तालाई परम्परावादी संस्कार बाट अलगराखि नयाँ संस्कारको विकासको लागिपनि प्रगतिशील विवाह आवश्यक रहेको बताए।

बिवाहा पछि सबैजना सहभागिलाई खाजाकाे ब्यवस्थापन पनि गरियकाे थियाे ।