काठमाडौं :काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।
जाजरकोट :शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास शिक्षकले बनाइदिएका छन ।
अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप- महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो। जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो ।...
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल जाजरकोटकाे तेस्रो पुर्ण बैंठक सम्पन्न भएको छ।मंगलबार माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जाजरकोटकाे तेस्रो बैंठक जिल्लाकाे सदरमुकाम खलंगामा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज उदय बहादुर चलाउने "दिपक"काे प्रमुख आथित्यतामा सम्पन्न भएको हाे।
उक्त बैठकमा जाजरकोटमा भुकुम्प प्रभावित क्षेत्रमा तहसनहस भएका घरहरु पुनःनिर्माण गर्ने अभियानलाई निरन्तरता दिने साथै जिल्लामा ग्रुप विभाजन गरि पुन: निर्माणमा जुट्न र जनतालाई ओैषधि वितरण तथा स्वास्थ सिविर सञ्चालन गर्न साथै भ्रष्टाचारका बिरुद्ध कार्वाही गर्न बैठकका प्रमुख अतिथि चलाउनेले निर्देशन गरेका थिय। बैंठकमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ब्युरो सदस्य माेहन जङ्ग शाह प्रमाण लाई प्रमुख अतिथि दिपक ले स्वागत गरेका थिय । साथै भुकुम्प पी...
काठमाडौं :काठमाडौंकाे माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क...
काठमाडौं : भूकम्प प्रभावित जिल्लामा अस्थायी घर निर्माण गर्न पहिलो किस्ताको १अर्ब,४१ कराेड रकम निकासा भयकाे छ । साेमबार नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणको भनाइ छ ।
भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।
जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ ।
निकाशा भयकाे रक...
रुकुम पश्चिम ।रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।
सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर १० खोलागाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
अहिले घाईतेहरु सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याईएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भिर भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।...
काठमाडौं ।पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको नेकपा (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि छलफल भएको छ ।गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र (गोरखा-२) छाडे पनि ठोस प्रगति हुन सेकेको थिएन।आइतबार माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठबीच पार्टी एकताका विषयमा औपचारिक कुराकानी भएको हो ।
छलफलपछि जारी विज्ञप्तिमा उनीहरुले पार्टी एकताका लागि पार्टी एकताका लागि ठोस रुपमा अघि बढ्न सुझाव दिने निर्णय गरेको जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ,‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिल...
बिरेन्द्रनगर ।सुर्खेतको भेरिगंगा नगरपालिका वडा न १० छिन्चुमा माेटरसाईकले ठक्कर दिदा एक जना वृद्धकाे ज्यान गयकाे छ ।
शुक्रबार दिउसाे बिपरित दिशाबाट आयकाे माेटरसाईकलले सुर्खेतको भेरिगंगा नगरपालिका वडा न १० छिन्चु बस्दै आयका ७८ बर्षिय मन बहादुर राेकायलाई ठक्कर दिय पछि टाउकाे, खुट्टा र शरिरमा गम्भीर चाेट लागे पछि , प्रदेश अस्पताल कालागाँउ सुर्खेत उपचारको क्रममा वृद्ध राेकायकाे मृत्यु भयकाे अस्पतालले जनायकाे छ ।
माेटर साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लियकाे र थप अनुसन्धान भईरहेकाे बताईयकाे छ।...
जाजरकोट ।चिसोका कारण जाजरकोटमा ६ जनाएको मृत्यु भएको छ।भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, कुशे गाउँपालिका वडा न.२ टालेगाँउकि ८० बर्षिया मैमा सिंह,बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपाल बहादुर रावल , ४८ वर्षीया पम्फा रावल र बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुनको चिसोका कारण मृत्यु भएको हाे ।
भुकम्प ले घरहरु चर्किएका र बस्न नलायक भय पछि त्रिपाल र गाेठमुनिकाे बसाइँसंगै चिसाेका कारणले ज्यान गयकाे जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिय।
दम,निमाेनिया,दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि उहाहरुकाे मृत्यु भयकाे प्रजिअ सुनारले बताय। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका करिव ३४ हजारभन्दा बढी घरपरिवार त्रिपाल र गाेठमुनि बस...
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर भुकम्प पिडितहरुका टेन्ट मै पुगेर उपचार गरेका छन् ।कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पिडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् ।
जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे ।
भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्...