११ श्रावण २०८१, शनिबार

भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

काठमाडौं :हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा काेभिड-१९काे नयाँ भेरिएन्ट , ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने कुरा बिशेषज्ञ डाक्टर बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने  डाक्टरको सुझाव रहेकाे छ । ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो,भने  जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन बिशेषज्ञ डाक्टरको सुझाव छ ।’

सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ ।