९ आश्विन २०८१, बुधबार

Breaking News

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट ।कर्णाली प्रदेश अन्तर्गत, नलगाड नगरपालिका जाजरकोटले आ.व.२०८०/८१का लागि ६० कराेड भन्दा बढि बजेट ल्यायकाे छ । शुक्रबार देखि सनिवार सम्म चलेकाे १२ ओैं नगर सभामा ६० कराेड ७८ लाख २२ हजारकाे वजेट ल्यायकाे हाे । जस अनुसार संघिय सरकारबाट प्राप्त ३१ कराेड १लाख, शसर्त अनुदान ९ कराेड २६ लाख रुपैयाँ समानिकरण अनुदान, बिशेष अनुदान ८० लाख र राजस्व बाडफाडबाट प्राप्त रकम ११कराेड ४७ लाख ७१ हजार रहेकाे छ । प्रदेश सरकारबाट प्राप्त रकम १कराेड १ लाख ५६ हजार समानिकरण अनुदान, ३कराेड ६ लाख ९५ हजार शसर्त अनुदान, १कराेड २५ लाख समपुरक अनुदान,गत वर्षको माैज्दात ६० लाख र  १ कराेड ५ लाख आन्तरिक राजस्व संकलन गर्ने गरि नगर उप प्रमुख सरिता सिंहले उक्त वजेट नगरसभामा प्रस्तुत गरेकि हुन । बजेटमा विशेष गरि कृषि , शिक्षा ,स्वास्थ्य,राेजगारी, साँस्कृति,पर्यटन र भाैतिक पुर्वाधार निर्माणमा प्राथमिकता दिईयकाे छ । क...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीका २९ बुद्धे तत्कालीन संघर्षका कार्यक्रमहरु यस्ता छन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीका २९ बुद्धे तत्कालीन संघर्षका कार्यक्रमहरु यस्ता छन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित मुद्दाहरुलाई विशिष्टकृत एवम् मूर्तिकृत गरेर कार्यनीतिका श्रृङ्खला तयार गरिने गरी तात्कालिक कार्यक्रमको रुपमा निम्नअनुसारका मुद्दाहरुलाई उठाएको छ । १) सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, सन् १९४७ को बेलायत–नेपाल–भारत बीचको गोर्खा सैनिक बाँडफाँड सम्बन्धी सन्धि लगायत सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर ।, २) चीन–भारत बीच गरिएको लिपुलेक सम्झौता खारेज गर ।, ३) लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता महेशपुर, छपकैया सहित भारतीय शाषकवर्गद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता गर । सीमा अतिक्रमण बन्द गर । दुई देशीय सीमा नियमन गर ।, ४) नेपाल–अमेरिका बीचको एमसीसी सम्झौता खारेज गर । त्यसैक्रममा गर्न खोजिएको एसपीपी सम्झौता बन्द गर ।, ५) साम्राज्यवाद÷विस्तारवाद सहित समस्त प्रतिक्रियावा...
जाजरकोट छेडाखाेलामा माछा मार्न गयका दुई जनाकाे मृत्यु

जाजरकोट छेडाखाेलामा माछा मार्न गयका दुई जनाकाे मृत्यु

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट।जाजरकोटमा माछा मार्ने क्रममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । माछा मार्न छेडाखोलामा जाल खेल्ने क्रममा खोला तर्दै गर्दा ढलेर हातमा भएको जालको डाेरि शरिरमा लटपटिएपछि धन बहादुर बुढा र नर बहादुर सार्कीको मृत्यु भएको हाे स्थानीय माेहन बिसिले बताय। मृतक बुढा शिवालय ९ नाहाडा खडागाउँ निवासी हुन भने नर बहादुर सार्की छेडागाड १ घडेरी निवासी रहेको बिसिले बताएका छन । उनीहरु छेडागाड नगरपालिकाको वडा नम्बर १ र १२ को बिचमा पर्ने छेडाखोला तिदु रहमा डुबेको र पछि स्थानीयले सब निकालेको बताइएको छ ।...
नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र  दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९÷८० सुरु हुँदा अर्थात् गतवर्ष अस...
जाजरकोट माैलिक साँस्कृति जगेर्नाका लागि सिंगारु नाँच प्रतियोगिता सम्पन्न

जाजरकोट माैलिक साँस्कृति जगेर्नाका लागि सिंगारु नाँच प्रतियोगिता सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति
जाजरकोट । जिल्लाका सम्पदा संरक्षण गर्ने उद्देश्यले एक बर्ष अगाडि  स्थापना भएको जाजरकोट "सम्पदा संरक्षण प्रतिष्ठान"ले आफ्नो बार्षिकोत्सवको अवसरमा सिंगारु नृत्य प्रतियोगिता गरि आज विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ। मंगलबार सदरमुकाम खलंगामा रहेकाे जिल्ला समन्वयकाे प्राङ्गणमा भयकाे कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जनक केसीले अध्यक्षता र जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले प्रमुख आतिथ्यता गरेका थिय र कार्यक्रममा भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी विशेष अतिथि रहेकी थिइन । उपप्रमुख जैसीले स्थानिय कलाकार सँग सिंगारु नाचेपछि कार्यक्रमको थप रौनकता बढेको थियो । कार्यक्रममा स्कुले बालबालिका देखि जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । स्थानिय कला संस्कृतिको संरक्षण गर्नका लागि जाजरकोटमा खलंगामा आयोजित स्थानिय मौलिक सिंगारु नृत्य प्रतियोगितामा जगतिपुरको सिंगारु नाच प्रथम भएको छ । सि...
बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धनगढी ।बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियकाे छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए । ‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिक...
पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ । काठमाडौं– १३ कालीमाटीमा करिब सातआना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ । ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो । ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ । नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो । हालसम्म विभिन्न १२ जिल्लामा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार पाँच सय ६३ रोपनी जग्...
चार दलिय समाजवादी माेर्चा घाेषणा

चार दलिय समाजवादी माेर्चा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । चार वामपन्थी पार्टी =प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ,उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी , माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी ) पार्टी, र विप्लव नेतृत्वको नेकपा बिच संयुक्त समाजवादी माेर्चा गठन भई आज घाेषणा गरेका हुन । साेमबार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहकाे हलमा एक कार्यक्रम गरि चार दलमा घोषणा गरिएको यो मोर्चा निर्माणको उद्देश्य नेपाली विशेषताको समाजवाद स्थापना गर्ने साझा प्रयास हुने नेताहरुले बताएका छन् । ७ बुदे पत्रमा हस्ताक्षर गरि ओैपचारिक रुपमा माेर्चा घाेषणा गरेका हुुन। २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै मोर्चा निर्माणको पहल सुरु भएको थियो । नेकपा फुट्दा केपी शर्मा ओलीको इतर समूहमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सर्वोच्चको फैसलाले अलग ग...
स्थानीय पाठ्यक्रम निर्माण गरि बितरण गर्ने पहिलाे स्थानीय तह बन्याे: कुशे गाउपालिका

स्थानीय पाठ्यक्रम निर्माण गरि बितरण गर्ने पहिलाे स्थानीय तह बन्याे: कुशे गाउपालिका

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट ।कुशे गाउपालिका जाजरकोटले स्थानीय पाठ्यक्रम निर्माण गरि वितरण गरेकाे छ । जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी प्रत्येक बिद्यालयमा बितरण गर्ने  पहिलो स्थानीय तह बनेको छ भेरि नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्ने पहिलाे स्थानीय तह हाे भने कुशे गाउपालिका वितरण गर्ने स्थानीय तह बनेकाे हाे। पालिकाको परिचय,सम्पुर्ण बिद्यालयकाे संक्षिप्त्त चिनारी , साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८)  "हाम्रो कुशे हाम्राे खुसी"स्थानीय पाठ्यक्रम २०८०" नामक पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको गाउपालिकाका शिक्षा यूवा तथा ख...
ताप्लेजुङमा बाढीले ३ घर बगायो, दोभान बजार जोखिममा

ताप्लेजुङमा बाढीले ३ घर बगायो, दोभान बजार जोखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
ताप्लेजुङ । अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । शनिबार राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ । यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामा...