११ श्रावण २०८१, शनिबार

पक्राउ पुर्जी राज्य आतंककाे शुरुवात,यसको सामना गर्न जनतामा फर्किऊ : नेता दिग्दर्शन

बुटवल :क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका युवा नेता दिग्दर्शनले सरकारले जारी गरेको पक्राउ पुर्जी राज्य आतंककाे शुरुआत भएको बताएका छन।

उनले आईतवार  क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि सुदर्शनकाे घरमा प्रहरीले पक्राउ पुर्जी टाँसे पछि यस्तो प्रतिक्रिया दियका हुन्।

उनले भनेका छन राज्यले  आफैले आतंक  मच्चाई रहेकाे छ र अन्याय गरिरहेकाे छ । जुन राज्यले हाेनहार युवाहरु मारिरहेको छ,महिलाहरु माथि हिंसा गरिरहेकाे छ,जातीय छुवाछूत चलाईरहेकाे छ,वित्तीय शाेषण मच्चाईरहेकाे छ,राष्ट्रिय पुँजी उत्पादन गर्ने उद्योग कलकारखाना ध्वस्त पारेर विदेशीहरुलाई सुम्पिदिएकाे छ,राष्ट्र घाति mcc सम्झौता गर्दै विदेशी पुँजीवादि – साम्राज्यवादहरुलाई दुताबासबाट सिधा अप्रत्यक्ष सत्ता चलाउने अनुमति दिईरहेकाे छ,प्रतिभा पलायन गराई युवाहरूलाई बाच्नका लागि राेजगारकाे खाेजिमा विदेशीन बाध्य पारिरहेको छ,शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील बिषयमा जिम्मेवारीबाेध नगरी व्यापार गर्न अनुमति र छुट दिईरहेकाे छ,भ्रष्टाचार गर्न र कमिसन खान दिनरात तल्लीन भएको समेत नेता दिग्दर्शनले बतायका छन ।

यसको सामना गर्न जनताहरुको बिचमा फर्कन अपिल गर्दै राज्य आतंक  बन्द गर्न र कथित पक्राउ पुर्जी खारेज गर्न अनुरोध समेत गरेका छन ।

उनकाे धारणा जस्ताको त्यस्तै :-“कथित पक्राउ पुर्जी राज्य आतंककाे शुरुआत हाे ! जुन राज्यले हाेनहार युवाहरु मारिरहेको छ,महिलाहरु माथि हिंसा गरिरहेकाे छ,जातीय छुवाछूत चलाईरहेकाे छ,वित्तीय शाेषण मच्चाईरहेकाे छ,राष्ट्रिय पुँजी उत्पादन गर्ने उद्योग कलकारखाना ध्वस्त पारेर विदेशीहरुलाई सुम्पिदिएकाे छ,राष्ट्र घाति mcc सम्झौता गर्दै विदेशी पुँजीवादि – साम्राज्यवादहरुलाई दुताबासबाट सिधा सत्ता चलाउने अनुमति दिईरहेकाे छ,प्रतिभा पलायन गराई युवाहरूलाई बाच्नका लागि राेजगारकाे खाेजिमा विदेशीन बाध्य पारिरहेको छ,शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील बिषयमा जिम्मेवारीबाेध नगरी व्यापार गर्न अनुमति र छुट दिईरहेकाे छ,भ्रष्टाचार गर्न र कमिसन खान दिनरात तल्लीन छ त्यसकारण यसको सामना जनताहरुको बिचमा फर्केर गराैं !
राज्य आतंक बन्द गर !!
कथित पक्राउ पुर्जी खारेज गर !!!””