११ श्रावण २०८१, शनिबार

नेता हेमन्त प्रकाश ओली “सुदर्शन” काे घरमा प्रहरीको ३५ दिने पक्राउ पुर्जि

काठमाडौं :क्रान्तिकारी कम्यूनिष्ट पाटी, नेपालका नेता हेमन्त प्रकाश ओली ‘शुदर्शन’ को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जि टासेको छ ।पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज समेत रहेका ओलिको घरमा प्रहरीले पक्राउ पुर्जि टाँसेकाे हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति विपरीत पार्टीका नेता माथि पक्राउ पुर्जि जारी गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एक कार्यालय सदस्यले जानकारी दिए ।

आफ्नो पार्टीले तत्कालिन सरकार संग गरिएको सहमती बमोजिम पार्टी माथिको प्रतिबन्ध फुकुवा, राजबन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने लगाएका विषयमा सहमति गरिएपनि प्रतिवन्ध फुकुवा वाहेकका सहमतिहरु सरकारले इमानदारीपुर्वक पालना गर्न आलटाल गरिरहेको समेत उनले बताए ।

बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाे प्रति उनले आक्रोश पोखे ।

आईतबार जिल्ला अदालत काठमाडाैकाे मुद्दा न.०७५ ऋ १ २०४३ , राेहन गुरूङकाे जाहेरिले वादी नेपाल सरकार प्रतिबादी नेत्र बिक्रम चन्द समेत भएकाे बिष्फाेटक पदार्थ, ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दामा नेता ओलीको घरमा पैतिस दिने पक्राउ पुर्जी पुर्याइएकाे हाे ।