११ श्रावण २०८१, शनिबार

भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

काठमाडौं : अन्तराष्टृिय लेखक तथा पत्रकार केन्द्रले हालै नेपाल सरकारले भारतिय दुतावास संग गरेका – २० कराेड बराबरको याेजना तथा प्राेजेक्ट भारतले आफै  छनाेट गरि नेपालमा लगानि गर्न पाउने सम्झौता तथा कार्यक्रम बिरुद्ध एक प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरायकाे छ।

साेमबार केन्द्रका अध्यक्ष हस्त बहादुर के सि द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ ” पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको साम्राज्यवादी तथा विस्तारवादि दलाल सरकारले भारतीय बिस्तारवादि सरकारसित सिधै २० कराेडकाे लगानी गर्न पाउने र प्राेजेक्ट तथा याेजनाहरु समेत आफैले छनाैट गरेर लगानी भित्र्याउन पाउने गरि अपराधपुर्ण तरिकाले भारतिय विस्तारवादि सरकार संग दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेर गम्भीर प्रकारकाे राष्ट्रघाति सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनता प्रति अक्षाम्य चाल घात गरेकाे परिघटनाले बिश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्र काे ध्यान आकृष्ट भयकाे छ” , “यसलाई हाम्राे संगठनले नेपाली जनताको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता,अखण्डता र सार्वभौमसत्ता माथि साेझै बलत्कार गरेकाे ठहर गरेकाे छ” विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनियकाे छ -भारत संग गरियकाे सन १९१६ काे सुगौली सन्धि,१९५० काे राष्ट्र घाति सम्झौता, काेशी, गण्डकी महाकाली लगायत नदि नाला र जलविद्युत क्षेत्रमा गरियका सम्पुर्ण राष्ट्र घाति तथा जनघाति सन्धि सम्झौताहरु बिनासर्त तुरुन्त खारेजी गरि दुबै राष्ट्र लाई हित र लाभ हुने किसिमका नया आधारमा नया समझदारी कायम गर्न भनियकाे छ ।

नेपाली राष्ट्रियता र स्वाधीनताकाे पक्षमा सम्पुर्ण देशभक्त,जनवादी तथा प्रगतिशील शक्ति र क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्द भयर लाग्नु पर्ने र यदि राष्ट्रियता माथि गम्भीर प्रकारका सम्झाैता भयकाे खण्डमा केन्द्रले थप आन्दोलनका कार्यक्रम गर्ने प्रेस विज्ञप्तिमा भनियकाे छ ।

विज्ञप्ति यस्तो छ :