८ बैशाख २०८२, सोमबार

राजनीति

के हाे समाजवाद ?

के हाे समाजवाद ?

राजनीति, विचार, शिक्षा, समाचार
नेपालका कम्युनिष्ट पार्टीहरु समाजवादको गीत गाउँछन् । वास्तवमा मेरो बुझाइमा यो हो । समाजवाद एक वामपंन्थी देखि टाढा–वामपन्थी हो । आर्थिक दर्शन र आन्दोलनले आर्थिक प्रणालीहरूको दायरालाई समेट्छ जसमा उत्पादनका साधनहरू सामाजिक स्वामित्वको प्रभुत्व हुन्छ । विपरित निजी स्वामित्व एक शब्दको रूपमा, यसले आर्थिक,राजनीतिक र सामाजिक सिद्धान्तहरू र त्यस्ता प्रणालीहरूको कार्यान्वयनसँग सम्बन्धित आन्दोलनहरूलाई वर्णन गर्दछ । सामाजिक स्वामित्व राज्य÷सार्वजनिक, समुदाय, सामूहिक, सहकारी, वा कर्मचारी हुन सक्छ । कुनै एकल परिभाषाले धेरै प्रकारका समाजवादलाई समेट्दैन् । सामाजिक स्वामित्व एक साझा तत्व हो । समाजवादका विभिन्न प्रकारहरू बजारको भूमिका र स्रोत बाँडफाँडमा योजना, संगठनहरूमा व्यवस्थापनको संरचनामा र तल वा माथिको दृष्टिकोणमा आधारित हुन्छन्, केही समाजवादीहरूले पार्टी, राज्यको पक्षमा छन् । सरकार, विशेष गरी विद्य...
विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२४ माघ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ...
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिईन सपथ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिईन सपथ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२४ माघ, काठमाडौं ।राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।  ...
उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध घाेषणा गरिदै

उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध घाेषणा गरिदै

Breaking News, चुनाव, राजनीति, समाचार
२३ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल  राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो । राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।...
अल्पकालीन लाभ लिन कांग्रेसलाई राम्रो अनुभव रहेकाे , ओेलि

अल्पकालीन लाभ लिन कांग्रेसलाई राम्रो अनुभव रहेकाे , ओेलि

राजनीति
२२ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ‌ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको बताए । उनले संसद्‌मा कांग्रेले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकुल नभएको बताएका छन् । यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ उनले भने । अध्यक्ष ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि आह्वान समेत गरे । 'राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,' ओलीले भने, 'कम...
राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा  बिराेध प्रदर्शन

राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा बिराेध प्रदर्शन

Breaking News, राजनीति, समाचार
१९ माघ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटले  पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो । प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट का ईन्चार्ज  धमिलले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो । ‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्...
सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

Breaking News, चुनाव, राजनीति, समाचार
१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् । तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधान...
नेकपा(बहुमत) धनकुटाद्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

नेकपा(बहुमत) धनकुटाद्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

Breaking News, राजनीति, समाचार
१७ माघ धनकुटा । नेकपा (बहुमत) धनकुटाले विज्ञप्ति जारी गरी पार्टी समर्थक टेकु ओझालाई अविलम्ब रिहा गर्न माग गरेको छ । पार्टी जिल्ला संयोजक मोहनले विज्ञप्ति जारी गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत रहेको, त्यसैको निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेललाई पार्टीकै नेतृत्वमा साङ्केतिक कारबाही भएको र शुक्रबार बेलुका धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका बरबोटेस्थित सामान्य अवस्थामा साथीको घरमा बसिरहेको अवस्थामा टेकुलाई प्रहरीले गिरफ्तार गरेकाले बिनासर्त शीघ्र रिहा गर्न माग गरेका छन् । संयोजक मोहनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेललाई पार्टीकै नेतृत्वमा साङ्केतिक...
नेपाली राजनीति प्रयाेग र परिणाम

नेपाली राजनीति प्रयाेग र परिणाम

Breaking News, राजनीति, विचार
उदय बहादुर चलाउने (दिपक ) प्रत्येक निरन्तरताको एउटा सीमा हुन्छ । एउटा निश्चित समयावधिमा त्यो सीमा समाप्त हुन्छ र त्यहाँ एउटा क्रमभङ्गता पैदा हुन्छ । त्यसबाट नयाँ प्रक्रियाको आरम्भ हुन्छ । वस्तुको विकास र विनाशसम्बन्धी यो एक अविराम प्रक्रिया हो । यसको अनन्त शृङ्खला छ । प्रत्येकपल्टको निरन्तरताले जब क्रमभङ्गताको स्थान लिन्छ तब वस्तुको स्वत्वमा समेत आधारभूत परिवर्तन हुन जान्छ । हरक्षेत्रमा, चाहे त्यो भौतिक दुनियाँमा होओस् वा सामाजिक जीवनमा यो नियम सर्वत्र लागू हुन्छ । नेपालको राजनीतिलाई निरन्तरतामा क्रमभङ्गताको नियमबाट हेर्दा यसका थुप्रै चरणहरू रहेका छन् । धेरै पुरानो इतिहास नखोतलेर भुरे–टाकुरे ‘रजौटा’ कालीन अवस्थादेखि यताको मात्रै विश्लेषण गर्ने हो भने पनि पचासौँ रजौटा प्रणालीबाट एउटै केन्द्रीकृत सामन्ती अधिराज्यमा केन्द्रित एवम् विकसित हुनु निरन्तरतामा क्रमभङ्ग नै थियो । त्यसपछिको प्र...
रबि लामिछाने संसद, गृहमन्त्री र उपप्रधानमन्त्री बन्न असक्षम भयकाे भन्दै सर्बोच्चद्वारा पद खारेजी

रबि लामिछाने संसद, गृहमन्त्री र उपप्रधानमन्त्री बन्न असक्षम भयकाे भन्दै सर्बोच्चद्वारा पद खारेजी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१३ माघ काठमाडौं ।सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् । गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका...