२३ भाद्र २०८१, आईतवार

पाल्पामा नेकपा बहुमतद्वारा सहिद सप्ताह कार्यक्रम सम्पन्न

पाल्पा।पाल्पामा  शहीद सप्ताहकाे अन्तिम दिन आइतबार शहीद परिवारलाई सम्मान गरी  सहिद सप्ताह कार्यक्रम मनाईयकाे छ  ।  नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहीद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हाे ।

एक पालिका एक कार्यक्रम अन्तर्रगत जिल्लाका दशवटै पालिकामा सप्ताह व्यापी शहीद सप्ताह कार्यक्रमको आयोजना गरी ५० भन्द बढी शहीद परिवारलाई सम्मान गरीएको छ।

मुलुकको परिवर्तनको निम्ति बलिदानी दिएका शहीदको सम्झनामा सप्ताह व्यापी कार्यक्रम गरीएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहीद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताएका थिए।

जनयुद्धको अपेक्षा अवस्था परिवर्तन मात्रै नभएको भन्दै मुलुक भित्रै स्वरोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सहितको विकासलाई आजकाे याे ब्यवस्थाले  पूर्णता दिन  नसकेको उनले बताए।

शहीद परिवारका सदस्य लक्ष्मण रसाईलीले मुलुकको नेतृत्वमा पुगेर बागडोर समालेका प्रचण्डले जनयुद्धको भावना विपरित काम गरेको बताए। सर्वहारा जनताका छोराछोरीले लडेको जनयुद्धले पनि शहीदका अपेक्षा पुरा गर्न नसकेको उनले बताए।
शहीद सप्ताह कार्यक्रममा नेकपा बहुमतका नेता कार्यकर्ताको  सहभागिता रहेको थियो। शहीद सप्ताह कार्यक्रमको सहजीकरण जिल्ला समिति सदस्य विजय सारुले गरेका थिए।

जनयुद्धमा लडेको मुलधारको पाटीले सम्मान दिन नसके पनि बहुमतले गरेको सम्मानले शहीद परिवारलाई राहत मिलेको सहभागी सबै परिवारका सदस्य हरुले प्रति खुशी ब्यक्त गरेका छन्।