जाजरकोट ।
निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।
प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ?
उत्तर: २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो ।
प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुह...
१४ फाल्गुन काठमाडौं । ।जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् ।
१० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोटीले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ ।
जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् ।
‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइय...
१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।
त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहे...
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् ।
संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’
एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’
तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।...
२०५२ साल फागुन १ गते उद्घोष भएर दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध महाभारत कथाका योद्धा कर्णझैँ त्यति बेला ‘कवच–कुण्डल’ विहीन भयो जति बेला २०६३ साल मङ्सिर ५ गतेको विस्तृत ‘शान्ति सम्झौता’ मा सहीछापसहित जनयुद्धको मुख्य ताकत जनमुक्ति सेनालाई ‘क्यान्टोनमेन्ट’ मा थुनेर ‘अपरिचालन’ को अवस्थामा राखियो । कथित अयोग्यता, समायोजन र पुनस्र्थापनाको षड्यन्त्रद्वारा अन्ततः जनमुक्ति सेनालाई एक–एक गरेर छिन्नभिन्न पारियो । तत्पश्चात् माओवादी वर्चस्व भएको संविधानसभाको समेत विघटन गरियो र पूर्ण रूपले जनयुद्धको विघटन गरियो ।
देशीय सामन्तवाद र वैदेशिक प्रतिक्रियावादी एकाधिकार पुँजीवादका एजेन्टहरूको मुटुमा असहनीय बज्र प्रहार गरेर आमउत्पीडित श्रमिक जनता, दलित, महिला, जनजाति, मधेसी आदिको स्वाभिमान र अस्तित्वलाई माथि उठाइरहेको महान् जनयुद्ध जब एकपछि अर्को चुनौतीका पहाडहरू छिचोल्दै विजयका नयाँ–नयाँ मञ्जिल उक्लन थाल्...
जाजरकोट ।
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रिय समितिको निर्णय अनुसार आज प्रधानमन्त्री कार्यालय तथा देशका सबै जिल्ला प्रसासन कार्यालयहरुमा, ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनुरुप आज जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, युवा संगठन नेपाल जाजरकोटले बुझाएको छ। जिल्ला प्रशासन कार्यलय जाजरकोट मा गई युवा संगठन का प्रतिनिधि हरुले उक्त पत्र बुझायका हुन ।
ध्यानाकर्षण पत्रमा बिशेष गरि
१- वैदेशिक रोजगार ब्यवसायिहरुले निम्त्याएका समस्याहरु
२- बित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्याहरु
३- मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरु
लगायत बिषयबस्तुहरु रहेका छन ।
ध्यानाकर्षण पत्र :
...
जाजरकोट ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज पौरख सी र जिल्ला सेक्रेटरी बिराजन सीले आज लघुवित्तलाई जाजरकोट जिल्लामा प्रतिबन्ध गरिएको विज्ञप्ति जारी गरि यस्तो गरेका हुन्।
बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध समेत गरेका छन।
आफुहरुकाे शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन।
साथै विज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ।अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।’...
जाजरकोट ।
नेकपा एमाले पार्टीले संचालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानको उद्घाटन गर्न जाजरकोट पुगेका नेकपा एमालेका सचिव याेगेश भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा सरकार गठनको बेलामा गरिएका सहमतिहरु कार्यान्वयन गर्न नेकपा (माओवादी केन्द्र) ईमान्दार हुनुपर्ने बतायका हुन । गत पुस १० गते सरकार गठन गर्ने वेलामा नेकपा एमाले, (माओवादी केन्द्र) लगाएतका सात राजनीतिक पार्टी बीच उच्च स्तरीय लिखत सहमति भएको बताउदै पूर्वमन्त्री भट्टराईले सत्ता गठबन्धन दल भित्रका पार्टीलाई उच्च स्तरीय लिखत सहमति भन्दा बाहिर पठाउन विदेशी चलखेल भईरहेको आरोप लगाए ।
नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उम्मेदवार बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट...
काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुबीच भेटभाट बाक्लिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ ।
एमालेले केही दिनअघिसम्म आफ्नै पार्टीको उम्मेदवार हुनुपर्ने बताइरहँदा आइतबार भने ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै राजनीतिक समीकरण एकाएक बदलिँदो अवस्थामा पुगेको छ ।
यसो गरेका खण्डमा माधवलाई माओवाद...