२३ भाद्र २०८१, आईतवार

भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

गैडाकाेट । नवलपुर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला “कंचन”ले “देशको भृकुटी कागज कारखाना सहित अन्य नेपाली  उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने” उदघाेष गरेका छन । शनिबार साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय समितिकाे जनसंघर्ष परिचालन समितिले नवलपुरकाे गैडाकाेटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नवलपुरकाे गैडाकाेटमा पुगेका बास्ताेलाले उक्त कुरा व्यक्त गरेका  थियोे ।

साथै उनले“विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भयो,देशका नेताहरू विदेशी डाँकाहरुकाे दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो,याे व्यवस्था संचालन गर्ने दलाल नाेक्करशाहि मालिकहरुकाे दिमागमा दलाल भएकै कारण यस्तो भएको”  “अब यस्तो दलाल व्यवस्था र त्यसलाई संचालन गर्ने दलाल नेताहरूलाई सफा गरेर मात्रै देश समृद्ध हुनेछ,अन्यथा देश झन् बर्वादि हुने” बताय ।

“यसै शिलशिलमा मिटरब्याजि आतंक चलाउने बैंक तथा लघुवित्तहरुलाई हाम्रो पार्टीले कार्वाही अगाडि बढाउने क्रममा सिराहा जिल्लाका सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई हाम्रो पार्टीको नेतृत्वमा कार्वाही गरिएको” समेत बताय ,बास्तोलाले थप भने  : “ती त्यस्ता बैंकहरु नेपाली नामका नविल बैंक जस्ता थुप्रै दलाल लुटेरा बैंक र लघुवित्त संचालक मिटरव्याजिहरुलाई कार्वाही गरि सम्पुर्ण बैंकहरु गाउँ गाउँ,शहर शहरबाट लखेटेर निस्तेज पारि नेपाल र नेपाली जनताका लागि नेपाल सरकारकाे बैंक मात्रै संचालन गर्नुपर्ने” उनकाे भनाइ थियाे  ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादि) का केन्द्रीय समिति सदस्य घननाथ सापकोटा,विद्रोही नेकपा(मशाल)का स्थायी समिति सदस्य कृष्ण कँडेल लगायतका अतिथिहरुले सम्बाेधन गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सचिवालय सदस्य लालबहादुर बिसि “शार्दुल”ले स्वागत मन्तव्य,केन्द्रीय सचिवालय सदस्य बाबुराम गजमेर “आजादले” संचालन र कार्यक्रमकाे अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य उदय बहादुर चलाउने “दिपक” ले गरेका थिय  ।