२३ भाद्र २०८१, आईतवार

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

काठमाडौं । माओवादी घटकका दुई कम्युनिस्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले शुक्रबार काठमाडौंकाे अनामनगरमा रहेकाे कृष्ण सेन इच्छुक प्रतिष्ठानको सभा हलमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरि दुई पार्टीका बीचमा एकता गर्ने निर्णय गरेका छन । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेको र निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ ।

पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम र वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले बताए । उनले, ‘आजको दिन धेरै खुसीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपि यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान् ऐतिहासिक अभियान हो । त्यसकारणले हामीलाई धेरै खुसी लागेको छ ।’

कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला कन्चनले श्रमजीवी वर्गकाे सत्ता स्थापना गर्न नेपालमा थुप्रै क्रान्ति भय,र अन्तिममा क्रान्ति र नेतृत्व प्रतिक्रान्तिमा पतन भय पछि उत्पिडित बर्गले दुख पाउदै आयका छन र मजदुर वर्गकाे एक्लाे प्रयत्नले राजनीति क्रान्ति असफल हुने हुदा क्रान्तिकारी कम्युनिस्ट पार्टी हरुकाे एकताको तागतले मात्र मजदुर,उत्पिडित र श्रमजीवी वर्गकाे सत्ता स्थापना हुने अुदा नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध भयकाे र आगामी २०८० बैसाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवशकाे दिनमा पार्टीकाे नाम सहित पार्टी एकता घाेषणा गर्ने कुरा बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका अध्यक्ष  (क्रान्तिकारी माओवादी)का स्थायि समिति सदस्य  सिपी गजुरेल गाैरवले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए ।

कार्यक्रमका संचालक नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश वलि सुदर्शन ले पार्टी एकता पछि आम पार्टी स्कुलिङ मार्फत कार्यक्रताहरु लाई प्रशिक्षित गर्दै , अधुराे रहेकाे क्रान्ति पूरा गर्न क्रान्तिकारी पार्टीहरुकाे एकता आजकाे आवश्यकता रहेकाेले याे ऐतिहासिक कामकाे थालिएको बताय।

दुवै पार्टीको तर्फबाट पार्टी एकताका लागि संयुक्त वक्तव्य जारी गरिएको छ ।

पार्टी एकताका लागि संयुक्त प्रेस बिज्ञप्ति: