३ भाद्र २०८२, मंगलवार

समाचार

हिउँदे सिजनमा पनि ढुंङ्गेधारामा आयाे पानी

हिउँदे सिजनमा पनि ढुंङ्गेधारामा आयाे पानी

Breaking News, पुर्वाधार, माैसम, समाचार
२२ माघ काठमाडौं । ललितपुर का पाटन दरबार आसपासका ढुंगे धाराहरुमा पानि आउन थालेकाे छ । मेलम्चीको पानी राजधानीमा आयसंगै  ईनारहरुकाे पानी नताने पछि उक्त धाराहरुमा पानी आयकाे स्थानीय वासिहरुकाे भनाइ रहेकाे छ । बर्षायामकाे समयमा मात्रै पानी  आउने ती धाराहरुमा हिँउदे सिजनमा पनि पानी आयपछि त्यस आसपासका बासिन्दाहरु खुसि भयका छन । उक्त पानी खान ,नुहाउन र कपडा धुनका लागि  प्रयोग गरिन्छ ।...
माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

Breaking News, माैसम, समाचार
२१ माघ काठमाडौं ।आज देशको पहाडी भू-भागमा मौसम बदली हुने भएको छ । दिउँसो बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।शनिबार राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसो  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भ...
राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा  बिराेध प्रदर्शन

राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा बिराेध प्रदर्शन

Breaking News, राजनीति, समाचार
१९ माघ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटले  पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो । प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट का ईन्चार्ज  धमिलले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो । ‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्...
त्रिविद्वारा हतारमा गर्न खाेजियकाे परिक्षा पुनर्विचार गर्

त्रिविद्वारा हतारमा गर्न खाेजियकाे परिक्षा पुनर्विचार गर्

Breaking News, शिक्षा, समाचार
१८ माघ काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी त्रिवि विशेष क्याम्पस समितिले विद्यार्थीलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न त्रिवि परीक्षा नियन्त्रकसँग माग गरेको छ । समितिका इन्चार्ज गोविन्द बिस्टको नेतृत्वमा परीक्षा निरीक्षकलाई बुझाइएको ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षातालिका पुस २९ गते सार्वजनिक गरेको, फागुन ७ गतेसम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भर्ने मिति राखिएको छ तर हतार–हतार फागुन १० गते नै परीक्षा गर्ने त्रिविको निर्णय सच्याउन विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति त्रिविले साधेको मौनताप्रति सङ्गठन गम्भीर बनेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, ‘विगतदेखि कार्यतालिका व्यवस्थित गर्न नसकेको त्रिविले आफ्नो कमजोरी र अक्षमता अकस्मात् विद्यार्थीको टाउकोमा थोपरिद...
जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

Breaking News, पुर्वाधार, समाचार
१८ माघ जाजरकोट।जाजरकोट  सदरमुकाम देखि एक किलोमिटर टाढाकाे  दुरिमा रहेको भेरि नगरपालिका वडा न ४ बाेहरा गाँउ  बिचकाे भिरमा ट्याक्टर दुर्घटना भयकाे छ । ट्याक्टर सडक देखि पाँच सय मिटर तल खसेकाे छ । गाेदाममा रहेकाे चामल  खलंगा देखि कुशे गाउँपालिका  लिनकाे लागि  लाेड गर्दै गर्दा उक्त ट्याक्टर दुर्घटना भयकाे हाे । दुर्घटनामा परि चालक साहु  कुशे गाउपालिका वडा न ७ का नबराज  जैशीकाे खुट्टामा चाेट लागि गम्भीर घाईते भयकाले उपचारका लागि नेपालगन्ज लिईसकेकाे  र उनका भाइ लाेकेश जैशी र कुशे ५ का हरिचन्द्र सिंहकाे अवस्था सामान्य रहेकाे छ।    ...
सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

Breaking News, चुनाव, राजनीति, समाचार
१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् । तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधान...
नेकपा(बहुमत) धनकुटाद्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

नेकपा(बहुमत) धनकुटाद्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

Breaking News, राजनीति, समाचार
१७ माघ धनकुटा । नेकपा (बहुमत) धनकुटाले विज्ञप्ति जारी गरी पार्टी समर्थक टेकु ओझालाई अविलम्ब रिहा गर्न माग गरेको छ । पार्टी जिल्ला संयोजक मोहनले विज्ञप्ति जारी गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत रहेको, त्यसैको निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेललाई पार्टीकै नेतृत्वमा साङ्केतिक कारबाही भएको र शुक्रबार बेलुका धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका बरबोटेस्थित सामान्य अवस्थामा साथीको घरमा बसिरहेको अवस्थामा टेकुलाई प्रहरीले गिरफ्तार गरेकाले बिनासर्त शीघ्र रिहा गर्न माग गरेका छन् । संयोजक मोहनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेललाई पार्टीकै नेतृत्वमा साङ्केतिक...
जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
१६ माघ जुम्ला  ।भूकम्प आउदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर वाहिर निस्केर आगो वालेर बसिरहेका छन् । मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको हो । जुम्लाको माईनस डिग्री कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउदैछ भन्ने हल्लाले घर भित्र पस्न त्रासले  वाहिर बस्न वाध्य भएका छन् । भुकम्प आउदैछ रे, भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिईरहेका छन् । भुकम्प आउदैछ भन्ने बिषय स्थानीय प्रशासनलाई समेत टेलिफोन आईरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफुलाई रातभर फोन आएर हैरान बनाएको बताउनुभयो । यता पनि फोनहरु आईरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने प्रमुख जिल्...
आज सहिद दिवस मनाईदै

आज सहिद दिवस मनाईदै

Breaking News, शिक्षा, संस्कृति, समाचार
१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस  जनयुद्ध जनआन्दोलन र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । परिवर्तित परिपक्षमा नेपाललाई सहिद दिवसका रुपमा मात्र नभई सहिद सप्ताह काे रुपमा एक हप्ता अगाडि नै  विभिन्न कार्यक्रम गरि  मनाउने गरिन्छ ।विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । सहिदहरु शुक्रराज शास्त्री धर्मभक्त माथेमा , गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरले प्रजातान्त्रकाे पक्षमा जन्ताकाे  वकालत गरेकाे अभियाेगमा हत्या गरिएको माघ १० गते देखि १६ गते सम्मकाे अवधिलाई सहिद सप्ताहकाे रुपमा मनाउने गरिन्छ । आज  शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको ...
अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ८ बुदेँ ज्ञापनपत्र

अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ८ बुदेँ ज्ञापनपत्र

Breaking News, शिक्षा, समाचार
१६ माघ जाजरकोट । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी जाजरकोटले आईतबार  शिक्षा बिकाश तथा समन्वय ईकाइ कार्यलय जाजरकोटलाई आठ बुदेँ ज्ञापनपत्र बुझाएको छ । सरकारी तथा निजि शिक्षण संस्थाहरुमा भईरहेकाे अनियमितता, चर्काे शुल्क लगायत राजनीति दलका नेता , जनप्रतिनिधि ,संसद र मन्त्री हरुले निजि शिक्षण संस्थामा लगानी गरिरहेकाले याे कार्य बन्द गर्न र संगठनले बिगतमा भन्दै आइरहेको मागहरु यथाशीघ्र लागू गर्न संगठनका अध्यक्ष बिशाल सिंहद्वारा हस्ताक्षर ज्ञापनपत्रमा भनियकाे छ । ज्ञापनपत्र हेर्नुहाेस :...