३१ जेष्ठ २०८३, आईतवार

समाचार

भिरबाट फालिएको टेम्पुबारे कैलाली डिभिजन वन कार्यालयको प्रस्टीकरण

भिरबाट फालिएको टेम्पुबारे कैलाली डिभिजन वन कार्यालयको प्रस्टीकरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्ति मार्फत कार्यालयले सामाजिक सञ्जालमा देखाइएजस्तो उक्त टेम्पु सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न प्रयोग गरिएको गुड्न नसक्ने साधन रहेको जनाएको छ। कार्यालयका अनुसार गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्र संवेदनशील पर्यावरणीय क्षेत्र हो, जहाँ लामो समयदेखि अवैध रूपमा खोका तथा छाप्रा निर्माण गरी सरकारी जमिन कब्जा गर्ने र किनबेच गर्ने गतिविधि हुँदै आएको थियो। पछिल्लो पाँच महिनायता पनि त्यहाँ पुनः अवैध संरचनाहरू खडा गरिएका थिए। विज्ञप्तिमा घनश्याम धामीले चक्का र इन्जिनसमेत नभएको, धकेलेर सार्न समेत कठिन हुने फलामे ढाँचा ...
कराते प्रतिभाको खोजी र सम्मानका लागि राष्ट्रिय स्तरको प्रतिस्पर्धा

कराते प्रतिभाको खोजी र सम्मानका लागि राष्ट्रिय स्तरको प्रतिस्पर्धा

खेल, समाचार
काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. १६ खुसीबुँ, नयाँबजारस्थित बहुउद्देश्यीय मार्सलआर्ट भवनमा ११औँ वडा राष्ट्रिय ई–लाइट केनवाकाइ कराते च्याम्पियनसिप–२०२६ भव्य रूपमा सुरु भएको छ। देशका विभिन्न जिल्लाबाट आएका सयौँ खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ। कुमारी युवा क्लब तथा कराते क्लब बालाजुटारको आयोजनामा र काठमाडौं महानगरपालिका वडा नं. १६ को विशेष सहयोगमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको उद्घाटन नेपाल कराते महासंघका महासचिव दावा गुरुङले गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व जापान गोजुरियो कराते केनवाकाइ नेपाल संघका अध्यक्ष विदुर कुँवरले गर्नुभएको थियो भने सञ्चालन कराते क्लब बालाजुटार, काठमाडौंका अध्यक्ष सूर्यप्रसाद घिमिरेले गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष कृष्ण डंगोल, नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव प्रदी...
काभ्रेमा बस दुर्घटना ८ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना ८ जनाको मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं: बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ। अरनिको यातायातको उक्त बसमा २५र३० जना सवार रहेको अनुमान गरिएको छ ।...
“म तलब,सुविधा लिन्नँ,पशुपतिको सेवा गर्न पाए पुग्छ”-मुकुन्द शर्मा हुमागाईं

“म तलब,सुविधा लिन्नँ,पशुपतिको सेवा गर्न पाए पुग्छ”-मुकुन्द शर्मा हुमागाईं

पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :बागमतीको किनारमा प्रत्येक दिन हजारौं श्रद्धालुहरू भगवान् पशुपतिनाथको दर्शनका लागि पुग्छन्। कसैले सुख खोजिरहेका हुन्छन्, कसैले दुःख बिसाउन। कसैले सन्तानको कामना गर्छन्, कसैले रोगमुक्तिको। तर यिनै भक्तजनहरूको भीडबीच एउटा प्रश्न वर्षौंदेखि उठिरहेको छ—के पशुपतिको गरिमाअनुसार यसको व्यवस्थापन हुन सकेको छ ? यही प्रश्नलाई आफ्नो अभियान बनाएका छन् कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवका लागि रोष्टर आह्वान गरेपछि उनले आफ्नो उम्मेदवारी दर्ता गराए। तर उनको उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास मात्र होइन, पशुपति क्षेत्रलाई नयाँ ढंगले हेर्ने एउटा संकल्पका रूपमा प्रस्तुत भएको छ। काभ्रेको खोपासीस्थित ऐतिहासिक श्री नरसिंह मठमा आयोजित धार्मिक अनुष्ठानका क्रममा बोल...
बालप्रतिभा सम्राट सिं टण्डनले गरे  नयाँ गीत “साँच्चै तिमी भगवान हौ बाबा–आमा” सार्वजनिक

बालप्रतिभा सम्राट सिं टण्डनले गरे नयाँ गीत “साँच्चै तिमी भगवान हौ बाबा–आमा” सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौं । सानै उमेरमै आफ्नो गायन, अभिनय र प्रस्तुतीकरण क्षमताबाट सबैको ध्यान आकर्षित गरिरहेका बालप्रतिभा सम्राट सिं टण्डन ले नयाँ गीत “साँच्चै तिमी भगवान हौ बाबा–आमा” सार्वजनिक गरेका छन्। आमाबाबाको अथाह माया, त्याग र समर्पणलाई केन्द्रमा राखेर निर्माण गरिएको यो गीतले यतिबेला दर्शक तथा श्रोतामाझ विशेष चर्चा बटुल्न थालेको छ। आधुनिक जीवनशैली र व्यस्तताबीच अभिभावकको योगदान ओझेलमा पर्दै गएको अनुभूति भइरहेका बेला सम्राटको यो गीतले भने प्रत्येक सन्तानलाई आफ्ना बाबा–आमाको महत्व पुनः सम्झाइदिएको छ। गीतका शब्द र दृश्यहरूले अभिभावकले सन्तानका लागि गर्ने निस्वार्थ संघर्ष, सपना र समर्पणलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन्। गीतमा सम्राट सिं टण्डन र पुजा देवकोटा को स्वर रहेको छ। गीतका शब्द तथा संगीत तिलक बस्नेत ले सिर्जना गरेका हुन् भने संगीत संयोजन सुदिप सागर ले गरेका छन्। शब्द, संगीत र स्वरको सन्तुलि...
Om Samaj Dental Hospital and Nabil Bank Sign Strategic Healthcare Collaboration Agreement

Om Samaj Dental Hospital and Nabil Bank Sign Strategic Healthcare Collaboration Agreement

समाचार, स्वास्थ
Rajan Thapa Kathmandu. Om Samaj Dental Hospital and Nabil Bank have signed a Memorandum of Understanding (MoU) on Healthcare Collaboration with the aim of institutionally strengthening the collaboration between healthcare and banking sectors. The agreement between Nabil Bank, which has been providing services through a network of 268 branches across the country, and Om Samaj Dental Hospital, which has been expanding its presence in dental healthcare services, is seen as a service-oriented and long-term partnership. More than 70 branches and service centers of the bank are operating in Bagmati Province alone. The agreement was signed by Nabil Bank's Naikap Branch Manager Utsav Prasad Bidari, Transaction Officer Sandeep Kumar Shahi, and Transaction Branch Banking Officer Mahesh Jung...
अदालतले नरोकेको ठेक्का महानगरले किन रोक्यो ? विराटनगरको फोहोर ठेक्कामा उठे गम्भीर प्रश्न

अदालतले नरोकेको ठेक्का महानगरले किन रोक्यो ? विराटनगरको फोहोर ठेक्कामा उठे गम्भीर प्रश्न

समाचार
विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि आह्वान गरेको २० वर्षे दीर्घकालीन ठेक्का प्रक्रिया रद्द गरेपछि अहिले एउटा गम्भीर प्रश्न उठेको छ— अदालतले रोक्न आवश्यक नठानेको प्रक्रिया महानगरले कुन आधारमा रोकेको हो ? फोहोर व्यवस्थापन जस्तो अत्यावश्यक सार्वजनिक सेवासँग जोडिएको यो विषय अब सामान्य प्रशासनिक निर्णयको सीमाभन्दा बाहिर पुगिसकेको छ। सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता, राजनीतिक प्रभाव, प्रशासनिक निष्पक्षता र कानुनी उत्तरदायित्वमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ। विराटनगर महानगरपालिकाले २०८२ चैत ६ गते सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा फोहोर सङ्कलन, ढुवानी तथा व्यवस्थापनका लागि बोलपत्र आह्वान गरेको थियो। निर्धारित अवधिभित्र ललितपुरस्थित नेप्सेम्याक सेवा प्रा.लि.ले मात्र प्रस्ताव पेश गर्यो। सामान्यतया सार्वजनिक खरिद प्रक्रियामा कुनै कम्पनी अयोग्य भए प्रारम्भि...
 “ विश्व वातावरण दिवस २०२६ ” को अवसरमा ग्रामीण मुखि युवा अभियान नेपाल को सहयोग तथा कामना इन्टरनेशनल स्कुलको आयोजनामा कार्यक्रम सम्पन्न

 “ विश्व वातावरण दिवस २०२६ ” को अवसरमा ग्रामीण मुखि युवा अभियान नेपाल को सहयोग तथा कामना इन्टरनेशनल स्कुलको आयोजनामा कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । ५ जुन २०२६ का दिन ग्रामीण मुखि युवा अभियान नेपाल को सहयोग तथा कामना इन्टरनेशनल स्कुलको आयोजनामा बिद्यालय परिसरमा विश्व वातावरण दिवस मनाइयो। उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का १७ जना विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी विभिन्न विषयमा चार्ट तथा कार्डबोर्डमार्फत प्रस्तुतीकरण तयार गरी प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका कोर्डिनेटर श्री विशाल भट्टराईले विद्यार्थीहरूलाई वातावरण दिवसको महत्व तथा वातावरण संरक्षणमा सबैको भूमिकाबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी विद्यालयका प्रिन्सिपलले विद्यालय परिसरमा रोपिएको बिरुवामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा ROYM Nepal का कार्यक्रम संयोजक ले संस्थाको परिचय तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्...
ट्रायल सेन्टरका थोत्रा सवारीसाधनले हजारौंको सपना चकनाचुर

ट्रायल सेन्टरका थोत्रा सवारीसाधनले हजारौंको सपना चकनाचुर

समाचार
काठमाडौं । महिनौंसम्म पसिना बगाएर ड्राइभिङ सिके, हजारौं रुपैयाँ खर्च गरेर प्रशिक्षण लिए, आत्मविश्वासका साथ ट्रायल सेन्टर पुगे । तर ट्रायल दिने बेला आफूले गरेको गल्तीले होइन, ट्रायल सेन्टरमै उपलब्ध गराइएको जीर्ण र मर्मतविहीन सवारीसाधनका कारण फेल हुनुपरेपछि सेवाग्राहीहरू आक्रोशित बनेका छन् । यातायात व्यवस्था कार्यालयअन्तर्गत ट्रायल सञ्चालन हुने स्थानहरूमा प्रयोग गरिने सवारीसाधनहरू राम्रो अवस्थामा नराखिएको गुनासो लामो समयदेखि उठ्दै आएको भए पनि पछिल्लो घटनाले यस विषयलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ । आज गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय ठुलोभर्याङको ट्रायल सेन्टरमा ट्रायल दिन पुगेका एक सेवाग्राहीको सवारीसाधन को हाते ब्रेक नै अड्किएपछि उनी ट्रायलमा असफल भएका थिए । आफूले कुनै गल्ती नगरेको दाबी गर्दै ती सेवाग्राहीले ट्रायल सेन्टरमा उपलब्ध गराइने सवारीसाधनको नियमित परीक्षण र मर्मतसम्...
डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न

डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । हाउस किपिङ तथा केयर गिभर सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टर, चाबहिल मित्रपार्कको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई (पर्सनल हाईजिन), स्वास्थ्य शिक्षा अन्तर्गत पोषण शिक्षा तथा सडक सुरक्षा (रोड सेफ्टी) सम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा स्किल बेस्ट ट्रेनिङ सेन्टरकी प्रमुख सोफिया लामाले विद्यार्थी जीवनमै स्वास्थ्य, सरसफाई र अनुशासन सम्बन्धी सही ज्ञान आवश्यक रहेको बताउँदै स्वस्थ बानीको विकासले भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बालबालिकामा सकारात्मक सोच, सुरक्षित व्यवहार तथा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो । विद्...