२२ जेष्ठ २०८३, शुक्रबार

 “ विश्व वातावरण दिवस २०२६ ” को अवसरमा ग्रामीण मुखि युवा अभियान नेपाल को सहयोग तथा कामना इन्टरनेशनल स्कुलको आयोजनामा कार्यक्रम सम्पन्न

काठमाडौं । ५ जुन २०२६ का दिन ग्रामीण मुखि युवा अभियान नेपाल को सहयोग तथा कामना इन्टरनेशनल स्कुलको आयोजनामा बिद्यालय परिसरमा विश्व वातावरण दिवस मनाइयो।
उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का १७ जना विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी विभिन्न विषयमा चार्ट तथा कार्डबोर्डमार्फत प्रस्तुतीकरण तयार गरी प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका कोर्डिनेटर श्री विशाल भट्टराईले विद्यार्थीहरूलाई वातावरण दिवसको महत्व तथा वातावरण संरक्षणमा सबैको भूमिकाबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी विद्यालयका प्रिन्सिपलले विद्यालय परिसरमा रोपिएको बिरुवामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा ROYM Nepal का कार्यक्रम संयोजक ले संस्थाको परिचय तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरू गरी करिब ३०० जनाको सहभागिता रहेको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका १७ वटै प्रस्तुतीकरण अत्यन्त प्रभावकारी र सन्देशमूलक थिए। प्रस्तुतिहरूमा विशेष गरी प्लास्टिकको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक प्रभाव, वन विनाश, विकास निर्माणका नाममा भइरहेको वन फँडानी, वन्यजन्तु संरक्षण, उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर तथा यसको उचित व्यवस्थापन लगायतका विषयहरूलाई समेटिएको थियो।
विद्यार्थीहरूमा प्रस्तुतीकरण क्षमता, आत्मविश्वास तथा नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको व्यवस्था गरिएको थियो। प्रतियोगिताको नतिजाअनुसारस्
प्रथम : खुसी श्रेष्ठ
द्वितीय : तिनिसा पाण्डे
तृतीय : चञ्चला साह
सान्त्वना : रोशनी कार्की
निर्णायक मण्डलमा विद्यालयका शिक्षकहरू श्री अर्पणा खनाल, श्री शुभर्णा थापा, श्री अम्बिका भण्डारी तथा श्री दिपेन्थी बस्याल रहनुभएको थियो। मूल्याङ्कनका क्रममा विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतीकरण सीप तथा विषयवस्तुको प्रभावकारितालाई आधार बनाइएको थियो।
कार्यक्रमको समापनका अवसरमा ROYM Nepal का अपरेसन कोर्डिनेटर श्री अनुप खनालले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको प्रतिभा तथा समग्र विकासलाई ध्यानमा राखी कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराएकोमा विद्यालयका कोर्डिनेटर श्री विशाल भट्टराई, श्री नवराज पाण्डे, विद्यालयका प्रिन्सिपल, कार्यक्रम सञ्चालक श्री बबिता गुरुङ तथा सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।
साथै, कार्यक्रममा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो।