खानिखोला गाउँपालिका खेलकुद बिकास समितिको विवाद सतहमा आयो : समिति सदस्य रुपेश लोप्चनले दिए राजिनामा
गाउँ गाउँमा सिंहदरवारको नारा दिएर बनेको स्थानिय सरकारको गतिबिधिहरु पछिल्लो समय निकै विवादास्पद हुँदै गएका छन् ।
केहि समयदेखि विवादमा मुछिएको काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिकाको खेलकुद विकास समितिको विवाद यतिबेला सतहमा आएको छ ।
खेलकुद बिकास समितिका सदस्य रुपेश लोप्चनले समितिको बैठकमा राजिनामा पेश गरेपछि विवाद सतहमा आएको हो ।
गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ(छिन्ताङ) को संरक्षणमा खेलकुद बिकास समितिका अध्यक्ष प्रेम प्रकाश लामाले आफुखुसी निर्णय गर्दै खेलकुद बिकास समिति मार्फत आर्थिक अपचलन समेत गरेको समितिका सदस्य रुपेश लोप्चनको आरोप छ ।
खानिखोला गाउँपालिका गाउँ कार्यसमितिको मिति २०७९ फागुन २१ गतेको निर्णय अनुसार गाउँ खेलकुद विकास ऐन २०७९ परिच्छेद २ को दफा २ बमोजिम कार्य गर्ने गरि गाउँ खेलकुद विकास समिति सदस्य पदमा मनोनीत भएका लोप्चनले सुरुवाती देखिनै समितिको संयोजक प्रेम प्रक...









