स्वास्थ्य परीक्षणका लागि आरोग्य नेपाल टेकले ल्यायो ‘टेलिहेल्थ उपकरण’
काठमाडौँ । हिमाली क्षेत्रमा आरोहण तथा पदयात्राका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै आधुनिक ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको छ ।
पदयात्रा तथा हिमाली पर्यटन क्षेत्रमा स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी र भरपर्दो बनाउने उद्देश्यले सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मनास्लु तथा लाङटाङलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा ‘प्रान सेन्स कम्पेनियन एप्स’ तथा ुपोर्टेबल हेल्थ मनिटर डिभाइसु नामक पोर्टेबल स्वास्थ्य निगरानी उपकरण प्रयोगमा ल्याइएको हो ।
आरोग्य नेपाल टेकका सञ्चालक शिव पौडेलले उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, रक्तचापमा आउने उतारचढाव तथा उचाइजन्य स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्ने लक्ष्यसहित कम्पनीले यो प्रविधि बजार मा ल्याइएको जानकारी दिए ।
उनले ट्रेकिङ कम्पनी, ट्रेकिङ गाइड, उद्धार टोली, स्वास्थ्यकर्मी, कैलाश मानसरोवर जाने पर्यटक तथा प...









