सूचक प्रकाशनले गर्यो बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन
काठमाडौँ । ‘सिर्जनाको खोजी, प्रतिभाको सम्मान,सूचचको राष्ट्रिय अभियान’ नाराका साथ साहित्यिक उन्नयनमा लागिपरेको सूचक प्रकाशनले बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन गरिएको छ ।
सूचक प्रकाशनको संयोजनमा शब्दसरोवर डटकम, लोमश वाङ्मय प्रतिष्ठान,बालसंस्कार डटकम को संयुक्त आयोजनामा ‘बालबालिकामा पठन संस्कृति विकासका लागि राष्ट्रिय बालसाहित्य अभियान’ अन्तर्गत प्रकाशित पुस्तकहरूको विमोचन गरिएको हो ।
पुतलीसडकस्थित ग्रीन लिफ फुड क्याफेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले साहित्यकार जलेश्वरी श्रेष्ठको बालकथा ‘सुनपरी’,विमलादेवी अधिकारीको बालकविता ‘जून’ दीपक भेटुवाल ‘दीपसागर’को बालकथा ‘लड्डुको खोज’, सुशीला देउजाको बालकथा ‘काले’, र निद्रादेवी देउजाको कविताकृति ‘अमूर्त घर’ एकसाथ लोकार्पण गरे ।
कार्यक्रममा बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथ...









