सुनका गहना चोरी प्रकरणमा संलग्न व्यक्ति पक्राउ : प्रहरीवृत बालाजु प्रति स्थानीयहरु सकारात्मक
काठमाडौं । सुनका गहना चोरी प्रकरणमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिकाको बालाजु क्षेत्रबाट भएको सुन चोरी घटनामा संलग्न रहेको आरोपमा एक जना व्यवसायीलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मिति २०८२/०९/०७ गते बिहान करिब ११:०० बजे काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक स्थानबाट सुनका गहना चोरी भएको भन्ने उजुरी प्राप्तभएको थियो। उजुरी प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा पहिचान प्रक्रिया अघि बढाएको थियो।
प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, स्थानीय स्रोत तथा सूचनाको आधारमा अनुसन्धानलाई तीव्र बनाउँदै जाँदा चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको जनाएको छ। अनुसन्धानकै क्रममा चोरी गरिएका सुनका गहना किनबेच तथा लुकाइछिपाइ गरिएक...









