
शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ ।
संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ ।
अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ ।
चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...