ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विभिन्न संस्थासँग MOU हस्ताक्षर
काठमाडौँ | राजन थापा
ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव आज विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। गमलाको फूलमा पानी हालेर र पानसमा बत्ती बाल्दै कार्यक्रमको विधिवद्ध शुभारम्भ गरिएको थियो। त्यसपछि पत्रकारहरुकाे बाक्लो उपस्थिति रहेकाे बरिस्ठ पत्रकार नन्दलाल खरेल ,दिनेश लामिछाने , अमि कट्टेल, अस्पतालका अध्यक्ष डा. सुवास घिमिरे तथा सम्पूर्ण अतिथिहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव उत्साहपूर्ण वातावरणमा मनाइयो।
विभिन्न संस्थासँग MOU हस्ताक्षर समुदायमा दन्त स्वास्थ्य सेवा विस्तार र प्रभावकारी बनाउन अस्पतालले आजकै समारोहमार्फत विभिन्न प्रतिष्ठित संस्थाहरूसँग MOU हस्ताक्षर गरेको छ।सामाजिक अभियानता पत्रकार राजन थापाभन्छन् यस सम्झौताले विद्यालय–विद्यालयमा दन्त सेवा पुर्याउने, स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गर्ने तथा समुदायसँगको सहकार्य मजबुत ...









