२ माघ २०८१, बुधबार

समाचार

सुस्मिता मृत्यु प्रकरण : फरार रहेका युवक मृत फेला

सुस्मिता मृत्यु प्रकरण : फरार रहेका युवक मृत फेला

समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित होटलमा युवती मृत भेटिएको प्रकरणमा फरार रहेका युवक पनि मृत फेला परेका छन् । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा फेला परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्का अनुसार २४ वर्षीय थापाको शव सुनकोशी देवीस्थान जंगलमा रहेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो ।   गत पुस १६ मा बागमती होटलमा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।   मध्यान्ह उनीसँगै होटलमा गएका थापा भने फरार थिए । होटलको कोठा जापान बस्दै आएका थापाकै नाममा बुक भएको भेटिएको थियो ।   युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटो...
हुम्लाको भदुखोलामा युवकको शव फेला

हुम्लाको भदुखोलामा युवकको शव फेला

समाचार
काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–४ को पावरहाउस नजिक भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएका छन् । मृतक शाहीको शव पावरहाउस नजिक रहेको भदुखोलामा बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए । हेल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे शव भेटाएको भन्ने जानकारी प्रहरीलाई दिएलगत्तै प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ पुगेको थियो । भदुखोलाको ५० मिटर टाढा भेटिएको शव माथिल्लो शरीर पानीमा डुबेको र शरीरको तल्लो भाग मात्रै देखिएको थियो । शवलाई सदरमुकाम सिमकोट ल्याउने प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।...
लागुऔषधसहित १० जना पक्राउ

लागुऔषधसहित १० जना पक्राउ

समाचार
काठमाडौं । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।     सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । ‘बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ’, उनले भने, ‘कै...
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

समाचार
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ।   नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घन्टा विद्युत अवरूद्ध हुने भएको हो।   साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।   त्यहाँ पेप्सी-मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ।   त्यस्तै ललितपुरमा युएन पार्क फिडर अन्तर्गत ...
महाराजगञ्जमा यसरी लाग्छ शनिबारे बजार

महाराजगञ्जमा यसरी लाग्छ शनिबारे बजार

समाचार
काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको 'लि शेर्पा रेस्टुरेन्ट' परिसरमा हरेक शनिबार 'लि शेर्पा फार्मर्स मार्केट' चल्दै आएको छ। यो बजार विगत १४ वर्षदेखि सञ्चालित छ।स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीको प्रोत्साहन गर्न यो बजार सुरू गरिएको हो। यहाँ स्वदेशीका साथै विदेशी ग्राहक पनि उल्लेख्य संख्यामा आउँछन्। शनिबारको यो बजारमा किसानले स्थानीय स्तरमा उत्पादन गरेका फलफूल, तरकारीहरू लगायत खानेकुरा बेच्न राख्छन्। त्यस्तै, नेपाली ब्रान्डका सामानहरू पनि पाइन्छ।   ...
अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

समाचार
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका-३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका-२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन् ।   प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखी काठमाडौंतर्फ आउँदै गरेका बा.प्र ०१-००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१-००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
काठमाडौँ । भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी–२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । दुर्घटनामा परेका सानोथिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि सवारी उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्कुटर प्रहरी प्रभाग सानोथिमीले नियन्त्रणमा लिएको छ । ...
सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

समाचार
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । ...
रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

समाचार
काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।   शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।   मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।   जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो।   दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।   धुम्सीकै २५ वर्षीय प्रेम रोका मगरको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। स...
प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए

प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए

Breaking News, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। पत्रकार महासंघले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्ने बताए। ‘जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेको छ, इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरूरी छ, सहमति त्यसको निम्ति हुनुपर्छ,’ अध्यक्ष दाहालले भने। उनले सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा आफूले नगरेको पनि दाबी गरे। ‘मैले कम्तिमा पनि पछिल्लो कार्यकाल भ्रष्टाचारका विरूद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरूद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले ब...