
चक्रे मिलनमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने
काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका चक्रे मिलन भनिने मिलन गुरूङमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने तयारी गरेको छ।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा एउटा मुद्दा बाँकी रहेको हुँदा अनुसन्धानको तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
‘एउटा मुद्दामा त्यतिबेला उनको तीन पुस्ते नखुलेको भएर मुद्दा अघि बढेको थिएन। अब अहिले खुलाउनलाई पीडितले सनाखत गर्नुपर्छ। त्यसपछि मुद्दा अघि बढ्छ,’ उनले भने।
उनले मनिष रायमाझी भन्ने व्यक्तिलाई २०८१ भदौ १० गते मध्यपुर थिमि नगरपालिका-२ सानोठिमी दिव्यश्वरीस्थित बड्डाको तावा रेष्टुरेन्टमा बोलाएर हतियार प्रहार गरेको आरोप चक्रे मिलन र उनको समूहमाथि छ।
उक्त मुद्दामा सर्लाही घर भई महालक्ष्मी नगरपालिका ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवास पक्राउ परेका थिए।
खुकुरी प्रह...