नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिक उत्सवको अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान
काठमाडौं / नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिक उत्सव (हीरक जयन्ती)को अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ।
‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान दिएका जीवित तथा दिवंगत महिला व्यक्तित्वहरूको स्मरण गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।
उक्त सम्मान रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ ले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो।
कार्यक्रममा प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्...









