२९ पुष २०८२, मंगलवार

समाचार

भदौ ५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको समितिबाट पारित हुने

समाचार
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले आउँदो भदौ ५ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। समितिले विधेयक पारित गर्नकै लागि भदौ ५ गतेका लागि बैठक डाकेको हो। समिति सभापति अम्मरबहादुर थापाका अनुसार भदौ ६ गतेको प्रतिनिधि सभाको बैठकमा समितिका तर्फबाट विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। सभामुख देवराज घिमिरेले पनि छिटो विधेयक पारित गर्न सभापति थापालाई आग्रह गरेका थिए। घिमिरेले त्यसपछि प्रतिनिधि सभाको बैठक एक साताभन्दा लामो समयसम्म नबस्ने उल्लेख गर्दै पारित गर्न आग्रह गरेका हुन्।   समितिले विधेयक पास गर्ने तयारी गरे पनि एउटा विषयमा भने सहमति जुट्न सकेको छैन। निजी विद्यालयले विद्यार्थीलाई प्रदान गर्नेल पूर्ण छात्रवृतिमा आवास सुविधा भएका विद्यालयहरूले कति विद्यार्थीलाई आवासीय सुविधा प्रदान गर्नुपर्ने भन्ने सवालमा सहमति जुट्न ...
मेडिकल ब्यावसायी दुर्गा प्रसाईले राजनीतिक दल खाेल्ने भयकाछन्

मेडिकल ब्यावसायी दुर्गा प्रसाईले राजनीतिक दल खाेल्ने भयकाछन्

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार उनले पत्रकार सम्मेलनमार्फत आफूले दल खोल्न लागेको बताएका हुन्। राजनीतिक दलको नाम घोषणा गर्नुअघि उनले आफूलाई राजनीतिमा जबर्जस्ती ल्याइएको दाबी गरे। उनले आफू राजनीति गर्ने मान्छे नभएपनि परिस्थितीले गर्नुपर्ने बाध्यता भएको जिकीर गरेका छन्। ‘यो राजनीतिमा मलाई जबर्जस्ती ल्याइएको हो। म राजनीति गर्ने मान्छे होइन’ उनले भने, ‘हामीले दल खोलेर केही समयभित्र दल घोषणा गर्छौं, दलको नाम घोषणा गर्छौं।’ उनले विचलित भएका र कहाँ जाने? के गर्ने? भन्नेहरूका लागि आफूले विकल्प दिन खोजेको दाबी पनि गरेका छन्।...
शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै सामाजिक बहिष्कार गरेको छ । आज उक्त संगठनले “देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!” भन्दै “तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !” भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ । उक्त संगठनले मिति २०८२ साउन ३० गते चेतावनी पत्र समेत सार्वजनिक गरेकाे थियाे । १) २०८२ साउन ३१ गते सरकारका प्रधानमन्त्रीलाई शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिव म...
शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ । संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ । चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...
द च्याम्पियन्स तेक्वान्दो डोजाङको ग्रेडिङ्ग कार्यक्रम २०८२ सम्पन्न

द च्याम्पियन्स तेक्वान्दो डोजाङको ग्रेडिङ्ग कार्यक्रम २०८२ सम्पन्न

खेल, समाचार
काठमाडौँ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मान्यतालाई आत्मसात् गर्दै बि.सं.२०३८ सालदेखि आधिकारिक रूपमा नेपालमा भित्रिएको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडीहरू उत्पादन गरिसकेको छ । यस्तै आत्मरक्षा र भविष्यको लागि खेल अत्यावश्यक छ भनेर काठमाडौँ महानगरपालिका वडा नं. १६ मा सुरु गरिएको ‘द च्याम्पियन्स तेक्वान्दो डोजाङ्ग’को ग्रेडिङ्ग कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ । रानीवनस्थित आफ्नै हलमा सम्पन्न भएको यस कार्यक्रम द च्याम्पियन्स तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक प्रदिप आले मगरको सभापतित्व तथा का.म.पा. १६ का सहायक सचिव टेक बहादुर के.सी. को प्रमुख आतिथ्यतामा डोजाङका सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ‘स्मार्ट किड्स किन्डरगार्डेन’ खरिबोटकी प्रिन्सिपल सविता घिमिरे, नेपाल पुलिस क्लबका प्रशिक्षक अनोज पुजा...
सेप्टिक ट्यांकीभित्र मृत भेटिए ठेकेदार र मजदुर

सेप्टिक ट्यांकीभित्र मृत भेटिए ठेकेदार र मजदुर

समाचार
काठमाडौं ।  सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ। सुनसरीको दुहबी नगरपालिका –२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार बिहान भेटिएको हो। सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार उनीहरूको शव बुधबार फेला परेको हो।   ‘दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेप्टिक ट्यांकीभित्र शव भेटिएको छ’ डिएसपी खतिवडाले भने, ‘मृतकमध्ये श्यामबहादुर पेटी ठेकेदार हुन्। राई मजदुर हुन्।’ सेप्टिक ट्यांकीभित्र निस्सासिएर उनीहरूको मृत्यु भएको हो कि अन्य कारणले भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरेन्सिक विज्ञसहितको टोली परिचालन भएको प्रहरी भनाइ छ। ...
निर्वाचन आयोगले गर्‍यो रास्वपाको कार्यसमिति अद्यावधिक

निर्वाचन आयोगले गर्‍यो रास्वपाको कार्यसमिति अद्यावधिक

समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसमिति अद्यावधिक गरेको छ। रास्वपाले केही पदहरूमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।   सोहीअनुसार आयोगले विवरण अद्यावधिक गरेको हो। अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री छन्। यसअघि हेरफेर भएको कार्यसमिति आयोगले अद्यावधिक गर्न ढिलाइ गरेको रास्वपाले बताएको थियो। ...
स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट : कुशे गाउपालिका - २ टालेगाउ स्वास्थ्य चाैकिले गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड ( भिडियाे एक्सरे) सेवा संचालनमा ल्यायकाे छ। स्वास्थ्य चौकी टालेगाउमा कुशे- १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (ROUSG) भिडियो एक्सरे सेवा वडा अध्यक्ष मान बहादुर सिंहले औपचारिक रूपमा उदघाटन गरि सो सेवा नियमित रूपमा सुचारु भएको समेत सेवाग्राहिहरुलाई जानकारी गरायका छन । केयर नेपालकाे आर्थिक सहयाेग तथा कुशे गाउपालिका स्वास्थ्य शाखा र स्वास्थ चाैकि टालेगाउकाे समन्वयमा उक्त सेवा संचालनमा ल्याईएकाे टालेगाउ स्वस्थ्य चाैकिका प्रमुख शेर बहादुर बस्नेतले बताउनु भयाे ।  ...
नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले नापि कार्यलयका प्रमुखलाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले जानकारी दिए । लम्साल र कर्मचारीहरुले जनतालाई विभिन्न बहानामा दुःख दिने र सामान्य काममा पनि घुस माग्ने गरेको नदिए काम अट्काएर राख्ने गरेको जन गुनासो पार्टीलाई आएपछि जनकारबाही गरेको ती नेताले बताए । त्यसैगरी भूमाफियाहरुसँग जग्गा कित्ताकाट गरेर रकम असुलेको पनि उनिमाथि आरोप लगाएको ।...
काठमाडौं प्याब्सनलाई अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ८ बुदे ध्यानाकर्षण पत्र

काठमाडौं प्याब्सनलाई अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ८ बुदे ध्यानाकर्षण पत्र

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)लाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठनका  केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले प्याब्सन  जिल्ला अध्यक्ष  नवराज भट्टलाई उक्त ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हाे । ध्यानाकर्षण पत्र बुझाउदै अध्यक्ष गैरेले आफ्ना मागहरू पुरा नभए चरणबद्ध संघर्ष गर्ने समेत चेतावनी दिए । काठमाडौं प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टले आफुहरु मुद्दाबारे गम्भीर बनेको समेत बताएका छन् ।...