६ माघ २०८२, मंगलवार

तामाङ नायक प्रबिन्स मोक्तानको नयाँ गीत “कि देउ फेसबुक आइटी कि नम्बर” सार्वजनिक

काठमाडौं । तामाङ चलचित्र क्षेत्रका चर्चित नायक प्रबिन्स मोक्तानको नयाँ गीत “ कि देउ फेसबुक कि नम्बर” सार्वजनिक गरिएको छ ।
गीत प्रबिन्स मोक्तानको आधिकारिक युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।
लामो समयदेखि तामाङ चलचित्र क्षेत्रमा सक्रिय रहेका मोक्तान पछिल्लो समय गायन क्षेत्रमा पनि निकै सक्रिय देखिँदै आएका छन् ।
देशका विभिन्न महोत्सव तथा सांगीतिक कार्यक्रममा उत्कृष्ट गायकका रूपमा प्रस्तुति दिँदै आएका उनले यसपटक आफ्नै स्वरमा नयाँ अडियो गीत सार्वजनिक गरेका हुन् ।
हालसालै सार्वजनिक गरिएको गीतले सामाजिक सञ्जालमार्फत हुने युवा पुस्ताको प्रेम, आकर्षण र संवादलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ ।
गीतप्रति दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।
गीतको प्राविधिक पक्ष
गीतः कि देउ फेसबुक आईडी कि नम्बर
स्वरः प्रबिन्स मोक्तान
शब्द र संगीतः विजय लामा वाइबा
निर्माण ्र मिक्स ्र मास्टरिङः डिएगो मोक्तान (दार्जिलिङ)
स्टुडियोः कार्निभल रेकड्र्स
भिडियोः कबिन योञ्जन