काठमाडौं । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं.१को चुनावी भिडन्त निकै रोमान्चक हुने देखिएको छ ।
चुनावमा नेपाली कम्युनिष्ट पार्टी बाट सर्वाधिक चर्चामा रहेका माधव सापकोटा “सुवोध”, नेकपा(एमाले) बाट सिन्धुपाल्चोकका पुराना नेताको रुपमा चर्चिच शरेस नेपाल,नेपाली काँग्रेस बाट सिन्धुपाल्चोक जिल्ला पार्टी सभापति जंग बहादुर लामा,राप्रपा बाट राममणी न्यौपाने तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जल विद्युत व्यवसायी तथा समाजसेवी भरत प्रसाद पराजुलीको चुनावी भिडन्तलाई मुख्य रुपमा हेरीएको छ ।
उज्यालो नेपाल पार्टीबाट सिन्धुपाल्चोक १ मा प्रताप लामाको उम्मेदवारी दर्ता भएको छ ।
सबै उम्मेदवारहरुले आफु योग्य भएको प्रमाण पेस गरिरहँदा सिन्धुपाल्चोकका मतदाताहरुको भने मिश्रृत प्रतिकृया आउन थालेको छ ।
आफ्नो पार्टीका उम्मेदवार जिताउन पार्टीका कार्यकर्ताहरुले सामाजिक संजालको राम्रै प्रयोग गरिरहेका छन् । तर राजनीतिलाई नजिक बाट नियालेका तर सकृय नभएका हरुबाट भने मिश्रृत प्रतिकृया आउन थालेको हो ।
वर्षौं देखि सिन्धुपाल्चोकलाई राजनैतिक अड्डामात्र बनाएको तर बिकासको काम केहि गर्न नसकेका पुराना भन्दा नयाँलाई चान्स दिनु पर्नेमा युवा पंतिको जोड देखिन्छ भने चुनावमा ठुलो आर्थिक चलखेल समेत हुन सक्ने आँकलन गर्न थालिएको छ ।
यी सबै कोणबाट हेर्दा सिन्धुपाल्चोकको चुनावी भिडन्त रोमान्चित र पेचिलो बन्ने निश्चित रहेको बुझिन्छ ।
