जाजरकोटमा पत्रकारमाथि प्रहरीको दमन -फाेटा डिलिट गर्न धम्की
जाजरकोट :जाजरकोटमा तीज विशेष कार्यक्रममा फाेटा खिचिरहेका पत्रकारमाथि प्रहरीले दमन गरेका छन ।
मंगलबार राति करिब १० बजे खलंगामा रहेकाे नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा पत्रकार बालकुमार शर्मा, शिक्षक कमल चन्द लगायत अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए ।
शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी निरीक्षक सन्ताेष चन्द र अर्का प्रहरी कर्मचारीले उनलाई नजिकै बोलाई मोबाइलमा रहेका तस्बिर डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएको पत्रकार शर्माले बताए ।
“तपाईंले फोटो खिच्नु भएको छ भने डिलिट गर्नुपर्छ भन्ने निर्देशन दिइयो । सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने प्रश्न छ,” शर्मा आक्रोशित हुँदै भन्छन्, “पत्रकार आचारसंहिता र कानुनबारे मलाई प्रष्ट थाहा छ । तर रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिर...









