
कन्सल्टेन्सीमा पढाउँथे ११ करोड ठगी आरोपमा पक्राउ परेका लक्ष्मण
काठमाडौं । बेलायत पठाउने भन्दै ११ करोडभन्दा बढी रकम ठगेको आरोपमा पक्राउ परेका व्यक्ति कन्सल्टेन्सीमा शिक्षक रहेको खुलेको छ।
केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको थियो।
मोरङ घर भई काठमाडौंको सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा घर भई नरेफाँट बस्ने ४७ वर्षीय अरूणराज शर्मालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
वैदेशिक रोजगार विभाग ताहाचलमा उनीहरूविरूद्ध जाहेरी आइरहेको थियो। ३८ जनाले आफूहरू लक्ष्मण पराजुलीबाट ठगिएको भन्दै विभागमा पुगे।
विभागले पक्राउ गर्नका लागि भनेर कार्यालयलाई पत्राचार गरेको थियो।
त्यसपछि कार्यालयको टोलीले पराजुलीलाई तीनकुनेबाट र शर्मालाई नरेफाँटबाट पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
सुरूमा ३८ जना पीडित मात्रै प्रहरीको सम्पर्कमा पुगेका थिए। अहिल...