३ माघ २०८१, बिहीबार

समाचार

एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न

एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न

अर्थवाणिज्य, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न भएको छ । कपन सरस्वती नगर स्थित गोल्डेन पिक हाईस्कुलमा नेपाल सरकारका पुर्व सांस्कृतिक,पर्यटन तथा नागरिक उड्डयन मन्त्री परशुराम तामाङ वाइबाको प्रमुख आतिथ्यता र एक्टिभ म्यूजिक प्रा.लि.का प्रबन्ध निर्देशक ,सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको सभापतित्वमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । नव उदयीमान कार्यक्रम उद्योषक देवेन्द्र शाहीले सन्चालन गरेको अवार्ड बितरण तथा सम्मान कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी सुभाष प्रसाद गजुरेल , नेपाली चलचित्रका नायक शितल के.सी., लोकप्रिय गायक रुपक डोटेल, गोल्डेन पिक हाई स्कुलका प्रिन्सिपल छत्रमनि राई,दिवाकर भण्डारी (सापटीकाका) लगायतको आतिथ्यता रहेको थियो । म्युजिक अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा गरिमा बिकास बैंक लिमिटेड ( केन्द्रिय कार्यालय) लाजिम्पाट , सुटमाला ब...
काभ्रेको रेन्जेनदोर्जे क्रसर विवाद फेरी सतहमा : स्थानिय युवाहरु लागे बन्द गराउन

काभ्रेको रेन्जेनदोर्जे क्रसर विवाद फेरी सतहमा : स्थानिय युवाहरु लागे बन्द गराउन

समाचार
काठमाडौं । स्थापना काल देखिनै बिभिन्न बिवाद भोग्दै आएको काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका वडा नम्बर १ खानि खोलामा रहेको रेन्जेनदोर्जे क्रसरउद्योगले नेपालको प्रचलित कानुन बमोजिम कार्य नगरेको तथा त्यस क्रसरको लागि आवश्यक पर्ने ढुंगा उत्खनन गर्दा सिंगो गाउँनै जोखिममा परेको भन्दै स्थानिय युवाहरुको एक समुहले उक्त क्रसर बन्द गर्नुपर्ने माग राख्दै वडा कार्यलयमा निवेदन बुझाएका छन् । यहि बर्षको बर्षायाममा गएको बाढीमा परि यो क्रसर सहित त्यहाँको खेतियोग्य जमिनमा ठुलो क्षति पगे पछि अहिले क्रसरले संरचना पुन निर्मणको कार्य गरिरहेको छ । आफ्नो ब्यवसायीक उत्पादन शुरु नगरेको क्रसरले बिभिन्न स्थानबाट ढुंगा उत्खनन् गरि अन्य ठाउँमा बिक्री गरेको स्थानियहरुको आरोप छ ।दैनिक २० — २५ टिपर ढुंगा त्यहाँबाट बाहिर गईरहेको स्थानिययुवाहरु बताउँछन् । सो ढुंगा उत्खनन् गरेको स्थान सार्वजानिक जग्गा भएको समेत स्थानियहर...
सुनसरीमा १४८ मानव अधिकार उल्लङ्घनका घटना

सुनसरीमा १४८ मानव अधिकार उल्लङ्घनका घटना

समाचार
काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले यहाँ एक वर्षमा १४८ मानवअधिकार तथा ज्यादतीका घटना भएको जनाएको छ । मानवअधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेकले सो तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गरेका थिए  । प्रस्तुत गरिएको अभिलेखीकरणअनुसार बलात्कारका ७४ वटा, बलात्कार प्रयास १४, मानव बेचबिखन तथा ओसार पसारका तीन, बहुविवाह २५, आत्महत्या दुरुत्साहन एक, बाल यौन दुरुपयोगका दश, हत्याका १२, घरेलु हिंसा मुद्दाका ११ गरी १४८ वटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक...
तराईमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित

तराईमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित

समाचार
काठमाडौँ : तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ । भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल अपराह्न मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् । “बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरूमा उडान प्रभावित भएको छ”, प्रवक्ता शेर्पाले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...
दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

समाचार
काठमाडौं । घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सो ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका-३ बाट बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका-१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलाला...
बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

समाचार
काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो । बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ । ...
पाँचबर्ष पछि काठमाडौं फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड – २०२४”गर्दै

पाँचबर्ष पछि काठमाडौं फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड – २०२४”गर्दै

मनाेरन्जन, समाचार
काठमाडौं / काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने भन्दै सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड कार्यक्रमको बारेमा जानकारी गराएको छ । कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले आगामी पुस १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । सन् २०१२ देखि शुरुगरिएको अवार्ड कार्यक्रम कोभिड—१९ को कारण सन् २०१९ बाट रोकिएको कार्यक्रममा जानकारी गराईएको थियो भने यो भन्दा अगाडीका अवार्ड कार्यक्रमहरु बिवादित भएका बिषयहरु समेत पत्रकार सम्मेलनमा उठेको थियो । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिदै संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बिगत पाँच बर्ष देखि रोकिएको यो अवार्ड पुन अगाडी बढाउने अहिलेको कार्यसमितिले निर्णय गरेकोले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शि बनाउने कुरामा यो कार्य समिति नचुक...
पेस्तोल सहित पक्राउ

पेस्तोल सहित पक्राउ

समाचार
काठमाडौँ । सर्लाही जिल्ला बलरा नगरपालिका-६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन्ने धर्मजित कुमार सहनीलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका-६ स्थित गढीमाई मेलामा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

समाचार
काठमाडौँ । बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्र (डिबेञ्चर) को मूल्य आकासिँदै गएको छ । बजारको ब्याजदर सस्तो हुँदै जाँदा तुलनात्मक रूपमा धेरै प्रतिफल भएका यी ऋणपत्रको मूल्य बढ्दै गएको हो । अहिले बैंकिङ क्षेत्रको औसत ब्याजदर ५ प्रतिशत हाराहारीमा मात्रै छ । असोज मसान्तको विवरण अनुसार यस्तो दर ५.२५ प्रतिशत रहेको थियो । कात्तिक र मंसिर महिनामा घटेको ब्याजदरले यसलाई ५ प्रतिशत भन्दा तल झारिसकेको बैंकहरुको भनाइ छ । तर, बैंकहरुले तरलता समस्या समाधान हुनुअघि नै जारी गरेको ऋणपत्रको ब्याजदर भने उच्च छ । अङ्कित मूल्य १००० रुपैयाँ रहेका यस्ता ऋणपत्रको ब्याजदर परिपक्व अवधिसम्म तोकिएको बराबर नै हुन्छ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने व्यवस्था छ । अहिले बजारमा विभिन्न बैंक वित्तीय संस्थाहरुको ७३ वटा ऋणपत्र दोस्रो बजारमा सूचीकृत छन् । ती ऋणपत्रको ब्याजद...
रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाह...