Mukunda Silwal
काठमाडौं/ माघ २७, २०८२ (जनवरी ११, २०२६) — विपद् जोखिम न्यूनीकरण (DRR): जापान र नेपालको तुलनात्मक दृष्टिकोण विषयक अन्तर्राष्ट्रिय प्यानल छलफल आज आईसीएमएस, समर्पण एकेडेमी, धुम्बाराहीस्थित कलेज अडिटोरियममा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम Institute of Crisis Management Studies (ICMS), Event and venue association of Nepal, Nepal chamber of commerce, Nepa- Japan, को संयुक्त आयोजनामा तथा Osaka metropolitan University काो सहकार्यमा सम्पन्न गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य विपद् जोखिम न्यूनीकरण, तयारी, तथा संकट व्यवस्थापनसम्बन्धी ज्ञान, अनुभव र अभ्यासको आदान–प्रदान गर्नु रहेको थियो।
प्यानल छलफलमा निम्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियोः
डा. किशोर अधिकारी, विपद् व्यवस्थापन विज्ञ,श्री इकुता इसुके, जापानका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ,वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, कानुनी विज्ञ,प्रोफेसर तारा निधि भट्टराई, पीएच.डी., शिक्षाविद् तथा नीति विज्ञ

वक्ताहरूले विपद् पूर्वतयारी, संकट व्यवस्थापन, नीति तथा कानुनी पक्ष, र समुदायमा आधारित विपद् जोखिम न्यूनीकरणका उपायहरूबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुभयो। विशेषगरी जापानको प्रभावकारी विपद् तयारी प्रणाली र त्यसबाट नेपालले लिन सक्ने पाठहरूमा जोड दिइयो।
छलफलमा नेपालजस्ता विपद् जोखिमयुक्त देशमा संस्थागत तयारी, जनचेतना, शिक्षा तथा अन्तर्राष्ट्रिय सहकार्य को आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, नीति निर्माता, विपद् व्यवस्थापन विज्ञ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा विपद् जोखिम न्यूनीकरण शिक्षालाई शैक्षिक पाठ्यक्रममा समावेश गर्ने तथा नेपाल–जापान सहकार्यलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरिएको थियो।


