२८ पुष २०८२, सोमबार

सिन्धुपाल्चोक क्षेत्र नं.१ मा नेकपा(एमाले)बाट जलविद्युत व्यवसायी भरत पराजुलीको नाम चर्चामा

काठमाडौं । भाद्र २३ र २४ को जेन्जी आन्दोलनले निम्त्याएको राजनैतिक परिस्थितिलाई सहज बनाउन बिघटन गरिएको प्रतिनिधिसभालाई पुनः सन्चालन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन यहि फागनु २१ गते हुने भए पछि निर्वाचन आयोगमा दर्ता गरेका बिभिन्न पार्टीहरुले आफ्ना उम्मेदवारहरुको नाम सार्वजानिक गरिरहेको अवस्थामा सिन्धुपाल्चोक जिल्लामा भने नेकपा(एमाले)को कुनै पनि उम्मेदवारको नाम सार्वजानिक भएको छैन ।
नेपाली काँग्रेसबाट मोहन बहादुर बस्नेत र नेपाली कम्युनिष्ट पार्टीबाट माधव सापकोटा सुबोधको नाम सार्वजानिक भई सक्दा पनि नेकपा(एमाले) भने मौन देखिन्छ ।
नेकपा(एमाले)बाट लामो समय राजनीतिमा होमिएका शरेस नेपाल र अरुण नेपाल मध्य एकले चुनावमा टिकट पाउने हल्ला चले पनि उहाँहरुले चुनाव नलड्ने मनसाय बनाएपछि उपर्युक्त पात्रको रुपमा जलविद्युत व्यवसायी भरत पराजुलीको नाम सिफारीस गर्ने तयारी भईरहेको एक श्रोतले बताएको छ ।
गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस र एनेकपा(माओवादी)को गठबन्धन संग झिनो मतान्तरमा पराजित भएको नेकपा(एमाले) सिन्धुपाल्चोकमा बलियो शक्तिको रुपमा रहेको बुभिन्छ ।
लामो समय देखि व्यवसाय र समाजसेवा तथा राजनीतिलाई एकसाथ अगाडी बढाउन सफल भरत पराजुली गत निर्वाचनमा समेत उम्मेदवारको आकांक्षिको रुपमा चर्चामा हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसले बिशेष महाधिवेशन पछि तय गर्ने राजनैतिक बाटोको पर्खाईमा रहेको नेकपा(एमाले) र केहि समय अगाडी देखिनै व्यापक प्रचार प्रसारमा लागेको नेपाली कम्युनिष्ट पार्टी बिचको चुनावी भिडन्तले यति बेला सिन्धुपाल्चोक लाई तरंगित बनाएको छ ।
आफुलाई अब्बल दावी गर्ने तिनवटै पार्टीले आ—आफ्नो भोट बैंक शुरक्षित गर्न बिभिन्न रणनीतिहरु अपनाएका भए पनि प्रलोपा,रास्वपा,राप्रपा तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी) विप्लव समुहले समेत तिन वटै पार्टीलाई प्रभावपार्ने जानकारहरु बताउँछन् ।
यसपालिको भोट पार्टीलाई भन्दा पनि पात्रलाई लक्षित हुनसक्ने आँकलन गरिएको कारण जलविद्युत व्यवसायी भरत पराजुली उम्मेदवारको रुपमा आए विजयको सम्भावना बलियो रहेको राजनैतिक बिष्लेशकहरुको दावी छ ।