२७ पुष २०८२, आईतवार

प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.३ थानकोटमा रहेको प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष रविन्द्र बोहराको अध्यक्षतामा सम्पन्न साधारणसभा पत्रकार महासंघका सचिव तथा राससका पत्रकार विदुर आचार्यले संचालन गर्नुभएको थियो ।
युवा व्यवसायी तथा त्रिनभ टिम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ईश्वर लामाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा स्थानिय शेयर सदस्य तथा संस्थाका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
साधारणसभामा मंगोलदय मा.वि.का प्रधानाध्यापक कविन्द्र गोपालीको संयोजकत्वमा बनेको निर्वाचन समितिले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
निर्वाचन समितिमा संयोजक कविन्द्र गोपाली, निर्वाचन अधिकृत ओमप्रकाश श्रेष्ठ ,सदस्य राजिव श्रेष्ठ,हरिदाश अमात्य रहनु भएको थियो ।
साधारणसभामा संचालक सदस्य सुदिप मंगरातीको स्वागत मन्तव्य रहेको थियो ।
कार्यवाहक अध्यक्ष रविन्द्र बोहराको प्रगति प्रतिवेदन,कोषाध्यक्ष सुरेश महर्जनको आर्थिक प्रतिवेदनका साथै लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण पराजुलीको प्रतिवेदन सर्वसम्मतले पास भएको थियो ।
साधारणसभाले मासिक बचत तर्फ अनिता लामा,साधारण बचतमा भगवती श्रेष्ठ,आवधिक बचतमा पुर्णमाया गोपाली,नियमित बचतमा पुर्णिमा श्रेष्ठ,दैनिक बचतमा सुभद्रा कुमारी कार्की र बाल बचतमा सुगम वाग्ले लाई मायाको चिनो सहित सम्मान गरेको थियो ।
त्यस्तै कार्यक्रममा संस्थाका कर्मचारी सुमन ढकाल र तुलसी खड्का समेत सम्मानित भएका थिए ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि युवा व्यवसायी तथा त्रिनभ टिम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ईश्वर लामाले बरु कारोबार सानै हुँदा केहि फरक पर्दैन तर बेईमान तरिका बाट शेयर सदस्य तथा बचतकर्ताहरुको रकममाथि हिनामिना गर्न नहुने बताउनु भयो । लामाले यो संस्थाले १३ बर्ष सम्म शेयर सदस्य तथा बचतकर्ताहरुको मन जित्न सफल भएकोमा हार्दिक शुभकामना समेत व्यक्त गर्नुभयो ।
लामाले संस्थालाई आवश्यकता पर्दा त्रिनभ टिमले सहयोग गर्न तयार रहेको जनाउँदै संस्थाले घोषणा गरेको छात्रावृतिकोषमा आफ्नो तर्फबाट २१ हजार सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
साधारणसभाले आगामि ४ बर्षकोलागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
कार्य समितिको अध्यक्षमा रविन्द्र बोहरा,उपाध्यक्षमा शखिला मंगराती,कोषाध्यक्षमा अनिश श्रेष्ठ,सचिवमा पाल्देन लामा,सदस्यहरुमा हरि लामा,शान्ति मंगराती र बिक्रम रोका लाई सर्वसम्मतबाट चयन गरेको छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्ण पराजुली र सदस्यहरुमा प्रमोद मंगराती र रुपा महर्जन चुनिनु भएको छ ।
कार्यक्रमको अन्त्यमा निर्वाचन अधिकृत ओमप्रकाश श्रेष्ठ बाट सपथ ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष रविन्द्र बोहराले संस्थालाई अझ अग्रगति दिन आफ्नो मन, बचन र कर्मले लाग्ने प्रतिबद्धता जाहेर गर्दै शेयर सदस्य तथा बचतकर्ताहरुलाई ढुक्क भएर प्रतिस्पर्धा बचत तथा ऋण सहकारीमा लगानी गर्न तथा कारोबार गर्न आग्रह समेत गर्नु भयो ।