प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेरको बाटो खुल्यो
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेर गर्ने बाटो खुलेको छ।
सरकारले केही नेपाल ऐन संशोधनमार्फत् मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता हेरफेरका लागि बाटो खोलेको हो।
मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ३ मा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी व्यवस्था रहेको थियो। जसमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक ९ हजार, उपप्रधानमन्त्रीको मासिक ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय हुने उल्लेख थियो।
सरकारले ऐनको यही व्यवस्थालाई संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता राजपत्रमा प्रकाशन गरी तोकेबमोजिम दिन सकिने व्यवस्था गरेको हो। त्यस्तै ऐनको दफा ७ मा रहेको दैनिक र भ्रमण भत्ता सम्बन्धी व्यवस्था पनि संशोधन भएको छ।
ऐनले दैनिक भत्ता अन्तर्गत प्रधानमन्त्र...









