१५ बैशाख २०८३, मंगलवार

माधव सापकोटालाई जिताउन सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि एकल सिफारिसमा परेका युवा नेता तथा पुर्व सांसद माधव सापकोटा (सुवोध) लाई जिताउन सिन्धुपाल्चोक बाट काठमाडौं आई बिभिन्न पेशा,व्यवसाय,जागिर,अध्ययना तथा रोजगारि गर्ने नेपाली कम्युनिष्ट पार्टीको पार्टि सदस्यहरुको संगठन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने बताएको छ ।
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बिस्तारित बैठकबाट सो निर्णय गरिएको समितिका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र)ले जानकारी गराएका छन् ।
एकल सिफारिसमा परेका नेता सापकोटाको सपोर्ट गर्न सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज सुवाश तााङको संयोजकत्वमा निर्वाचन पचिालन समिति समेत गठन गरिएको छ ।
बैठकले सुचना संचार तथा सामाजिक संजाल र मिडियालाई व्यवस्थित गर्न आईटी बिभाग र जेन्जिहरु संग समन्वय गर्न जेन्जि बिभाग बनाउने समेत निर्णय गरेको छ ।
बैठकमा सिन्धुपाल्चोक बाट नेपाली कम्युनिष्ट पार्टी महाधिवेशन आयोजक समितिका सदस्यहरु , प्रदेश समितिका सदस्यहरु लगायत सिन्धुपाल्चोकका अगुवा नेता कार्यकर्ताहरुको उल्येख्य उपस्थितिरहेको थियो ।
बैठकमा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र)ले नेपाली कम्युनिष्ट पार्टीले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा उत्कृष्ट पात्र छनौट गरेकोमा धन्यवाद ज्ञापन गर्दै माधव सापकोटा (सुवोध)लाई जिताउन आफ्नो समितिको तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताए ।
बैठकमा बोल्ने अधिकांश बक्ताहरुले बिरोधबाट भन्दा पनि आफुले गरेका कार्यहरु जनताको बिचमा लगेर चुनावी अभियानमा होमिनु पर्नेमा जोड दिएका थिए । केहि दलहरुभित्र अझै कसले टिकट पाउने भन्ने किटान नभई सकेको अवस्थामा जनतामा गएर आफ्ना बिचारहरु प्रवाह गर्ने र माओवादीको नीतिगत कुराहरुलाई प्रष्ट बनाउन सके जित सुनिस्चित रहेको बिचार बक्ताहरुले व्यक्त गरेका थिए ।
बैठकमा बोल्दै युवा नेता तथा क्षेत्र नं. १ का प्रस्तावित उम्मेदवार माधव सापकोटा (सुबोध)ले बिशेष गरि जेन्जि आन्दोलनले खडा गरेको यो परिस्थितिलाई जेन्जिहरुका मागहरुको समर्थन गर्दै अगाडी बढ्ने पार्टीको नीति रहेको हुँदा सोहि अनुरुपको कार्ययोजना बनाएर जनतामा जानु आजको आवश्यकता रहेको बताए ।
माओवादीको मुख्य एजेण्डाहरु जेन्जिसमुहले उठाएका एजेण्डा संग अधिकांश मेल खाने तर त्यसको कार्यन्वयनको पाटोमा देखिएको समस्या हलगर्न नसकिएको बारे जेन्जिहरुसंग बिशेष अन्तरकृयागरि अगाडी बढ्न आफु तयार रहेको भन्दै नेता सुबोधले देश गंभिर मोडमा उभिएकोले हरेक मतदाता सचेत हुनुपर्नेमा जोड दिए ।
बैठकमा उपस्थित नेताकार्यकर्ताहरुको सुझावलाई मनन गर्दै निर्वाचन परिचालन समिति बनाएर अगाडी बढ्ने समेत नेता सुवोधले बताएका छन् ।