काठमाडौं । गत भाद्र २३ र २४ को जेन्जि आन्दोलन पछि बिकसित राजनैतिक माहोललाई पुन स्थायीत्व दिने उदेश्य सहित २०८२ फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनकोलागि यतिबेला देशैभर उम्मेदवार घोषणा भई रहेको छ ।
यतिबेला निर्वाचन राजनीतिज्ञ ,सामाजिक अभियन्ता,पत्रकार,कलाकार र व्यवसायी सबैको चासोको बिषय बनिरहेको छ ।
लामो समयदेखि राजनीति र समाज सेवाको यात्रामा रहेका युवा अभियन्ता मुकुन्द सिलवाल पनि यो निर्वाचनमा होमिन तयार भएका छन् ।
आवश्यकता परे जुन क्षेत्रबाट पनि चुनाव लड्न तयार रहेको बताउने सिलवालले केहि दिनमै आफ्नो उम्मेदवारी घोषणाहुने समेत बताएका छन् ।
मुकुन्द सिलवाल भन्छन् “ देश आज एउटा निर्णायक मोडमा उभिएको छ । भ्रष्टाचार, कुशासन, निराशा र राजनीतिक अविश्वासले नागरिकको मन कुँडिएको छ । यही परिवेशमा सत्ता होइन, सिद्धान्त बोकेर राजनीति गर्न चाहान्छु । यो सत्ताको मोह होइन, समयको माग हो । यस्तो अवस्थामा आवश्यकता परे जुन क्षेत्रबाट पनि चुनाव लड्न तयार छु ।”
मुकुन्द सिलवाल कुनै आकस्मिक रूपमा उदाएका नेता होइनन् । उनि भ्रष्टाचार विरुद्ध निर्भीक आवाज उठाउने पात्र हुन् । वातावण सम्बन्धि जनचेतना देखि शहरी सौन्दर्यकोलागि वृक्षारोपण जस्ता कार्यमा सकृय सिलवाल सानै उमेर देखि बिद्रोही स्वभावका थिए ।
उनले पद गुमाए, दबाब भोगे, आलोचना सहे—तर झुकेनन् । आज जब देशले इमानदार नेतृत्व खोजिरहेको छ, उनी भन्छन्, “अब कुर्सी होइन, कर्तव्यले मलाई चुनावी मैदानमा ल्याउँदैछ ।”
यो अभिव्यक्ति केवल राजनीतिक रणनीति होइन, जनताप्रतिको विश्वासको उद्घोष हो । यसले संकेत गर्छ— उनी निर्वाचनलाई जित–हारको खेल होइन, जनादेशको परीक्षा ठान्छन्.।
मुकुन्द सिलवालको एजेन्डा स्पष्ट छ ,भ्रष्टाचारमुक्त शासन,कानुनको समान कार्यान्वयन,राजनीतिक जवाफदेहिता,योग्यतामा आधारित प्रशासन,जनताको विश्वास फिर्ता ल्याउने राजनीति
उनी भन्छन् “व्यवस्था बदलियो, तर अवस्था बदलिएन । अब व्यक्ति बदलिनुपर्छ, सोच बदलिनुपर्छ।”
यसले नयाँ राजनीतिक तरंगको संकेत गरेको छ ।
देशलाई भाषण होइन, निष्ठा चाहिएको छ । गुट होइन, साहस चाहिएको छ । यदि राजनीति जनसेवाको माध्यम हो भने, मुकुन्द सिलवालको चुनौती स्पष्ट छ
“ म तयार छु, अब पालो जनताको” ।
देशको मुहार फेरिनेछ कि फेरिने छैन, त्यो भविष्यले बताउनेछ । तर आज यति निश्चित छ,मुकुन्द सिलवालको घोषणाले नेपालको राजनीतिमा नयाँ बहस, नयाँ तरंग र नयाँ आशा जन्माएको छ ।
मुकुन्द सिलवाल भन्छन् “अब चुप लाग्ने समय सकियो”
देश आज लुटिएको छ । सत्ता सडेको छ । न्याय थन्किएको छ र जनता—थाकेका छन्, रिसाएका छन्, निराश छन् । उनी भन्छन् “ म भाषणको नेता होइन । नाराको व्यापारी होइन । सत्ता जोगाउने सम्झौतावादी पनि होइन । मुकुन्द सिलवाल त्यो व्यक्ति हो जसले सिस्टम भित्रै बसेर सिस्टमको नाङ्गोपन सार्वजनिक गर्न सक्छ ।”
नेपालका नेताहरू चुनाव नजिकिँदा नक्सा हेर्छन् कहाँ जितिन्छ ? कहाँ हारिन्न ? तर सिलवाल भन्छन् “म सुरक्षित क्षेत्र खोज्दिनँ । आम नागरिकहरुले जहाँ बोलाउँछन्, म त्यहीँबाट चुनाव लड्छु।”
उनि भन्छन् “ यो घमण्ड होइन । यो पुरानो राजनीतिप्रति खुला चुनौती हो । यो चुनाव होइन—सिस्टममाथिको जनमत संग्रह हो । यो कुनै व्यक्ति जित्ने चुनाव होइन । भ्रष्टाचार जित्छ कि इमानदारी ? भन्ने प्रश्न हो । यो दल जित्छ कि देश ? भन्ने फैसला हो । यदि इमानदार मान्छे हार्छ भने पनि सत्य जित्नुपर्छ ।”
मुकुन्द सिलवालको आगमन पुरानो राजनीतिका लागि खतरा हो । किनकि उनी फाइल खोल्छन्, सम्झौता होइन ।
