२२ असार २०८२, आईतवार

कविता

मुक्तान थेबा गुन्जिए नागार्जुनमा   

मुक्तान थेबा गुन्जिए नागार्जुनमा   

कविता
- माधव घिमिरे 'अटल'   नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक काव्यगोष्ठीमा यसरी नै गुन्जिए प्रगतिवादी युवा कवि- मुक्तान थेबा । 'कालो बादल र झरी'बाट उनले आफ्नो कविता वाचन सुरुआत गरेका थेबाले 'वीर्य',  'घाँस', गोरुसिङे 'ञ', 'घुम', 'लेन्डुपेहरूको देश', हुँदै 'परिभाषा बदल्न निस्केको आगो'मा पुगेर मैझारो गरे । उनका कविताले आगो त यसै पनि ओकले नै, अझ बेथिति, विकृति र विसङ्गतिहरूको दोहोलो काढे । थेबा शासक र तिनका बदमासी विरुद्ध खरो उत्रिए । उनले सत्तामा बसेर लुटेका लुटेरा र जनतामाराको झाँको झारे । गोष्ठीका प्रमुख अभ्यागत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले वाचित कविताको विस्तृत शल्यक्रिया गरे । उनले धक मानेरै किन नहोस् प्रस्तुत गरिएका रचनाका रौँचिरा केलाए । सत्ताले आफ्नो विपक्षमा देख्नासाथ कोपभाजनमा पारेका तात्ताता घटनाबाट सचेत भएर न्यौपानेले आफ्ना भनाइ राखे । कविताको रसास्वादन गर्न ना...
वागेश्वरी माविमा प्रतियोगितात्मक कविता

वागेश्वरी माविमा प्रतियोगितात्मक कविता

कविता, सुचना संचार
- सुशान्त न्यौपाने सुशासन र शून्य बेरूजुमा आफूलाई अग्र पङ्क्तिमा उभ्याउन सफल धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय प्रज्ञाप्रतिष्ठान गठनको अभ्यास आरम्भ गरेको छ । त्यसैका निम्ति यही असार ६ गते स्थानीय साहित्यकार तथा लब्ध प्रतिष्ठित अन्य साहित्यकारहरूलाई आमन्त्रण गरी यस्तो अभ्यासको थालनी गरेको हो । उसले पारिजात संरक्षण अभियानलाई सशक्त बनाउनको निम्ति यसै वर्ष देशभरका प्रतिनिधि स्रष्टालाई आमन्त्रित गरी प्रचारप्रसार गर्ने निधो पनि गरेको छ । गापा अध्यक्ष कृष्णबहादुर थपलिया(विवेक)ले अध्यक्षता गरेको उक्त कार्यक्रममा उनले सभ्यता नै विकासको सूचक हुने हुनाले भौतिक पूर्वाधार विकाससँगै कला साहित्यको विकासमा पनि कला, साहित्य र संस्कृतिको उत्थानको कडीलाई यसैसँग जोड्ने प्रतिबद्धता दोहोर्‍याए । उनले चेपाङ, चिउरी र चमेरोको मानक बनेको यो भूगोललाई साहित्योत्थानको परिचायक बनाउने घोषणा गरे । ...
अलका मल्लकृत ‘मनका तरङ्ग’को लोकार्पण

अलका मल्लकृत ‘मनका तरङ्ग’को लोकार्पण

कविता, समाचार
अलका मल्लकृत कविता, गजल र गीतको सँगालो 'मनका तरङ्ग' यही वैशाख २० गते शनिवार राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा सुसम्पन्न भएको छ । सभापतित्व ग्रहण नगराईकन अनौपचारिक ढङ्गबाट सञ्चालित उक्त कार्यक्रममा मूर्धन्य साहित्यकार तथा गैरसाहित्यकारहरू समुपस्थित थिए । गीतकार, गायक, रङ्गकर्मी, मोडल, कानुनविद्, व्यवसायी आदिको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै सन्तानमा वस्तीले अलकाका सिर्जना सरलताका हिसाबले अलौकिक भएको बताए । उनले अलकाको एउटा गजल पनि गुनगुनाए । बहुआयामिक दिग्गज व्यक्तित्व प्रकाश सायमिले उपस्थित सम्पूर्ण अभ्यागतहरूको सुस्पष्ट परिचय दिँदै अलकाको सिर्जनशील अनुशीलनको मुक्तकण्ठले प्रशंसा गरे । गजलकार ध्रुब जोशीले आफ्नै गजल गाए भने आमाको महिमागानमा महत्त्वपूर्ण शब्दहरू खर्चेका सुपरिचित कानुनविद् भीमार्जुन आचार्यले अलकाको 'आमा' कवितासँग मिल्दोजुल्दो आफ्नो गीति एल्बम...
लोमश वाङ्मयमा ‘मृत्युले मुसारेको मानिस’ को परिचर्चा

लोमश वाङ्मयमा ‘मृत्युले मुसारेको मानिस’ को परिचर्चा

कविता, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचन गोष्ठी सुसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा।डा।रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै एउटा चलचित्रको दृष्टान्त दिँदै कविता के हो भन्ने विद्यार्थी आफैँले पत्ता लगाएको बताए । उनले भाव, कल्पना, विम्ब, प्रतीक, अनुभूतिको बेजोड सङ्गम हो, यो नितान्त साधना हो भन्ने तर्क गरे । उनले शब्द र जीवनको सङ्केत हो साहित्य भन्ने निष्कर्ष प्रस्तुत गरे । कार्यक्रममा मदनलाल पौडेलको ुमृत्युले मुसारेको मानिसु परिचर्चा गर्दै मूर्धन्य साहित्यकार महेश प्रसाईले साङ्गोपाङ्ग शल्यक्रिया गरे । पुस्तकभित्रका अनेक घटना परिघटनाहरूलाई पनि उनले उधिने । कृतिकार मदनलाल पौडेलले पुस्तकभित्रका केही परिघटना रोचक रूपले पस्किए । विभिन्न श्रव्यदृश्य माध्यमकी कार्यक्रम प्रस्तोता सुष्मी कँडेलले उदीयमान नियात्राकार राजेन्द्र...
“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

कविता, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
✍️हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु… तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु । तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु । तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु । जसरी– दुई किनार नमिलेर नै बनेको हो नदीको अस्तित्व । जसरी– रात र दिन नमिले झै हामीले बुझेका छौं । समयको महत्व हो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिल यादहरू । केही नमिल्नु पनि त, धेरै कुरो मिल्नु हो । कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु । नदेखेझैं गरिदिन्छु । देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु । अपरिचित बनिदिन्छु । सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भान पारिदिन्छु । सबै कुरा हाँसेरै टारिदिन्छु । साथी मात्र थियौं जस्तो गरिदिन्छु । आँसुहरू आँखामा रोकी दिन्छु । जीवन एक फूलबारी...
“स्मृतिका क्यान्भास भित्र नाचिरहेका दाइ तुफान : राम वहादुर सिंह (रेडियम)

“स्मृतिका क्यान्भास भित्र नाचिरहेका दाइ तुफान : राम वहादुर सिंह (रेडियम)

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा
✍️हाम्रो घरकाे जेठाे सन्तानका जेठाे नाम थियाे गाेपाल बहादुर सिंह तुफान,बुवा तिलक बहादुर सिंह र आमा तुलसा सिंहकाे जेठाे सन्तानको रुपमा २०३९ साल मंसिर ५ गते जाजरकोट जिल्लाको कुशे गाउपालिका - २ (साविक टालेगाउ गाबिस -८) डाेग्रीमा निम्न मध्यम किसान परिवारमा जन्मिएका जेठा दाइ गाेपाल बहादुर सिंह तुफान सानै देखि मिलनसार ,जाेशिलाे र फुर्तिलो स्वभावका  हुनुहुन्थ्यो ।जिवनमा आइपर्ने हरेक कठिनाइहरुलाइ सहजै सामना गर्न सकिन्छ र हामि जाईलाग्नु पर्छ भन्ने उहाकाे बयक्तिक स्वभाव  थियाे ।मिलनसार, सहनशीलता,घुलनहिल र आफन्त -पराइ संगकाे सम्बन्धबारे निकै प्रेरणादायी स्वभावका धनी तुफान साच्चिकै तुफानी स्वभावका  हुनुहुन्थ्यो ।जनकल्याण प्राथामिक बिद्यालय गुम्थलेमा प्राथमिक शिक्षाको प्रारम्भ गरेका गाेपाल बहादुर सिंहले  कक्षा ५ सम्म साेहि बिद्यालयमा अध्ययन पछि  मान्ने ढुंगा माध्यमिक बिद्यालय टालेगाउँमा ८...
स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, स्वास्थ
स्मृतिमा प्रिय भाई नयन - ✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्न...
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News, कविता, खेल, चुनाव, निर्वाचन, मनाेरन्जन, माैसम, शिक्षा, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका—१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो । यो वडामा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरको २ हजार २ सय २० मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकको २ हजार २ सय १४ मत, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको १ हजार ९२ मत प्राप्त हुँदा विजयी भएकी श्रेष्ठको २ हजार ९ सय २ मत प्राप्त भएको थियो । स्थानियतहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पछि भएको यो उप निर्वाचनमा नेपाली काँग्रेस तेश्रो पार्टी भएको छ । वडामा आफ्नो वचश्व कायम राखेको एमाले दोश्रो स्थानमा रहको छ । पहिलो निर्वाचन देखिनै निकै चर्चामा रहेको यो वडा कानुन व्यवसायी तथा समाजसेवीको रुपमा परिचित रोजिना श्रेष्ठको नेतृत्वमा चल्ने भए पछि यस...
गाई कहिल्यै सकिदैन बलिदानको गाथा- कविता

गाई कहिल्यै सकिदैन बलिदानको गाथा- कविता

कविता, विचार, शिक्षा
कविता :-लेखक - अशोक सुवेदी  गाई कहिल्यै सकिँदैन बलिदानको गाथा ! रगतले दोरम्बा रङ्गिएको दिन, सर्वहारा नैतिकता चुलिएको दिन, पेरिस कम्युन– कम्युनार्डको साहस ब्युँताउँदै, जनयुद्धका कम्युनार्डले मृत्यु जितेको दिन ! जीवनको भिक माग्दै रोएनन् ती कत्ति सर्वहारा अनुशासन तोडेनन् ती कत्ति तानाशाही सत्तालाई दुत्कारेरै ढले वर्गप्रति इमानदार भएर नै ढले ! तिम्रो त्यो वीरताले विश्वास अडेको छ तिम्रो त्यो बलिदानले क्रान्ति बढेको छ श्रद्धाञ्जली महान् सहिद, तिम्लाई लालसलाम ! त्याग, वीरता, बलिदानको साहसलाई सलाम !! तिम्रो ब्याज खाने कयौँ पतीत भए ऐले तिम्रो बलिदानले हाम्लाई साहस दिन्छ जहिल्यै गाई कहिल्यै सकिँदैन बलिदानको गाथा क्रान्ति झन्डा फर्फराउँदै बढ्छ सगरमाथा !!...
तिमी आइरहनु है :- सत्या पहाडी

तिमी आइरहनु है :- सत्या पहाडी

कविता, विचार, शिक्षा
कविता : आमा प्रति समर्पित । आज पनि देखिरहेकी छु दुर क्षितिजमा फैलिएको घना बादलकालाई च्यातेर टिलपिलाइरहेछ एउटा तारा स्मृतीको चिमनीबाट मनभरी चियाउँदै कल्पना गर्छु तिम्रो अनुहार जस्तै चम्किलो छ हरेक अन्धकारलाई चिर्न सक्ने निरासताको पर्दा छेडेर हरेक मन मस्तिष्कमा आशाको प्रकाश भई छुन सक्ने ओइलाएका पुष्पहरुमा वहार छर्न सक्ने आँचलमा अगालेर बात्सल्यता भर्न सक्ने उज्यालोको अद्भुत अनुभुती मन भरी हुन सक्ने अजर अनि अमर तिमी त्यही तारा हौं हर मनहरुमा हर जंघारहरुमा जोस बनेर जगाइरहने स्मृतीको अमिट विम्व हौ तिम्रो प्रतिविम्व त के वन्न सकुला र तिम्रो अभावमा आउने ऐठनहरुलाई नियन्त्रण गर्दै तिम्रो यादको आगनमा सजाइरहेकी छु तिम्रो तस्वीर कहिले कहि जिन्दगीका भिर र पिर पखालेर दृढताको मन धोइरहेकी हुन्छु तिमीलाई गुमाएको पल मेरो खुशी खोसिएको क्षण भाव विहलताको औसी च्यातेर सम्झाना...