ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते
ललितपुर: ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।
प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका-३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ।
घाइतेहरूको विवरण:
बि. एण्ड बि. हस्पिटलमा रहेका घाइते :
१. जिल्ला रामेछाप घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २३ कि सुन्निमा योन्जन । अवस्था -गम्भीर घाइते शरीरको भित्री भागमा चोट ।
२. जिल्ला कञ्चनपुर घर भई...









