२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशकाे एकता अधिवेशन सम्पन्न

काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशको को एकता अधिवेशन सम्पन्न भएको छ ।शनिबार पार्टी कार्यालय कुपण्डोलमा भयकाे एकता अधिवेशनले धनमाया निरौला‘अनु’को संयोजकत्वमा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ ।

मधु श्रेष्ठ, दुर्गा सुवेदी र विमला भण्डारीलाई सह-संयोजकमा निर्वाचित गरेको छ भने सदस्यहरुमा पूर्णकुमारी देवकोटा (सिन्धुली), सपना राजथला (काठमाडौं), शान्ता पण्डित (काठमाडौं), तेलिमाया थिङ (काभ्रे), विष्णु न्यौपाने (काठमाडौं), शान्ति बिक (चितवन), अरुणा राउत थापा (चितवन), मुना न्यौपाने (नुवाकोट), शोभा आचार्य (भक्तपुर), सरिता बस्नेत (दोलखा), पञ्चमाया लामा (ललितपुर), सत्या खड्का (भक्तपुर), अस्मिता मगर (ललितपुर), अप्सरा परियार (काठमाडौं), सुुकुमाया माझी (मकवानपुर), कान्छीमाया स्याङतान (मकवानपुर), सीता गौतम (रामेछाप), सुमित्रा तामाङ (नुवाकोट), गायत्री थपलिया (सम्पर्क मञ्च)लाई सदस्यमा चयन गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यता र क्रान्तिकारी महिला संगठनकी संयोजक अम्बिका मुडभरीको विशेष आतिथ्यता रहेकाे थियाे ।
मैनवत्ती बालेर उद्घाटन गरिएको एकता अधिवेशनमा क्रान्तिकारी महिला संगठनका केन्द्रीय सहसंयोजकद्वय अन्जना तामाङ, शारदा महत, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनकी संयोजक इन्दिरा अधिकारी, अखिल नेपाल जनसांस्कृतिक महासंघकी प्रदेश न.३ की संयोजक गौरी देवकोटाकाे  अतिथिको रुपमा उपस्थित रहेकाे थियाे।

अध्यक्षता धनमाया निरौला अनुले गरेकि थिइन् र  सञ्चालन शान्ता पण्डितले गरेकि थिइन् भने स्वागत मन्तव्य विमला भण्डारीले गरेकि  थिइन्।

एकता अधिवेशनमा प्रमुख अतिथि लगायतले शुभकामना तथा बधाई मन्तब्य राखेका थिए ।