काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज ललितपुरमा जन अभियान उद्घाटन गरेकाे छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे गत असार ६-७ मा सम्पन्न केन्द्रीय कमिटीकाे पुर्ण बैंठकबाट पारित उपत्यका केन्द्रीत तीन महिने “जनतामा जाओै जनताकाे सेवा गराै” भन्ने जन अभियान उपत्यकाका तिनवटा जिल्ला – ( काठमाडौं,ललितपुर र भक्तपुर ) र बिद्यार्थी टिम सहित चार वटा टिमले असार देखि भदाै सम्मा अभियान संचालन गर्ने निर्णय गरेकाे थियाे । जस अन्तर्गत भक्तपुर र काठमाडौंमा टिमले उक्त अभियान उद्घाटन गरेर संचालनमा रहेकाे र आज ललितपुरकाे टिमले अभियान उद्घाटन गरेकाे अभियान टिमका ईन्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्य विनाेद थापाले जानकारी दिए । अभियान उद्घाटन कार्यक्रम ललितपुरकाे लगनखेलमा भयकाे थियाे । उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका सल्लाहाकार समितिका संयाेजक रिम,अन्य अतिथिका रुपमा पार्टीका स्थायी कमिटी सदस्य विनयराज , पाेलिटब्युराे सदस्य रेडियम सिंह,केन्द्रीय सदस्यहरु सिवि, एल.बि. पार्टीको सहायक संगठन युवा समाजवादी संगठनका ईन्चार्ज शाेम, संयोजक आकाश, महिला संगठनकि अध्यक्ष भुमिका,बिद्यार्थी संगठनबाट सराेज न्याैपाने लगायतका नेताहरुकाे उपस्थितिमा अभियान उद्घाटन भयकाे थियाे ।साे कार्यक्रमकाे संचालन ललितपुर अभियान टिमका संयोजक तथा पार्टीका पाेलिटब्युराे सदस्य रमण घिमिरेले गरेका थिय भने कार्यक्रमकाे अध्यक्षता अभियान टिम ईन्चार्ज थापाले गरेका थिए।
कार्यक्रमका फाेटाहरु :