२३ भाद्र २०८१, आईतवार

Tag: ललितपुर

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
लतितपुर क्षेत्र नं ३मा  माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्। पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ। पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...
ललितपुर क्षेत्र न.२काे मत गनणा सुरु एमाले अगाडि दाेश्राे लाैराे

ललितपुर क्षेत्र न.२काे मत गनणा सुरु एमाले अगाडि दाेश्राे लाैराे

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।...
मंसिर चार गते  सदर चिडियाखाना बन्द हुने ।

मंसिर चार गते सदर चिडियाखाना बन्द हुने ।

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन जावलाखेलस्थित सदर चिडियाखाना बन्द हुने भएको छ । हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको चिडियाखाना निर्वाचनको मतदानको दिनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ । हाल चिडियाखानामा विभिन्न ११० प्रजातिका एक हजार एक वन्यजन्तु छन् । अवलोकन गर्न विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका व्यक्तिका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क निर्धारण गरिएको छ । चिडियाखानामा वार्षिक करिब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन् । यहाँ वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ सालदेखि मात्र सर्वसाधारणलाई खुला...
ललितपुर जिल्लामा  २९० मतदान केन्द्र रहने छन ।

ललितपुर जिल्लामा २९० मतदान केन्द्र रहने छन ।

Breaking News, निर्वाचन, शिक्षा, समाचार
२० कात्तिक, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् । निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताए ।...
प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू ६५ वर्ष पुग्ने भन्दै उमेरकै कारणले निर्वाचन लड्ने अवस्था नहुने बताएकी हुन् । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ । अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन, म चाहिँ अब उमेरको अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग, गल्लीगल्ली पुग, सबै ठाउँ पुग, अब मसँग त्यो इच्छा छैन’ उनले भनिन् । भुसालले अब युवाले अवसर पा...
सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

Breaking News, पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्। प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्द्धन गर्दै मुलुकको विकास गर्न सके साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे । स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए। जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैका...