११ श्रावण २०८१, शनिबार

ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

ललितपुर :ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।

नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

नापी ,मालपोत र यातायात कार्यालयमा सम्बन्धित निकायले जति निगरानी गरेपनि घुस लिएर कामकाज गर्ने प्रचलन भने राेक्न सकेको छैन ।