९ असार २०८२, सोमबार

महिला समुहका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर : ललितपुर महानगरपालिका अन्तर्गत १४ नम्बर वडा मा समाज कल्याण महाशाखाकाे आयाेजनामा वडा स्तरिय महिला समुहका लागी अभिमुखिकरण तालिम सम्पन्न भयकाे छ । महाशाखाकाे आ.व.२०८१/८२ काे स्वीकृत कार्यक्रम अन्तर्गत  जेठ २१ गते वडा कार्यलयकाे सभा भवनमा उक्त कार्यक्रममा १४ नम्बर वडा अन्तर्गतका महिला समुहका दिदि बहिनिहरुकाे सहभागीतामा सम्पन्न भयकाे हाे। कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव लगायत वडाका सम्पुर्ण कर्मचारीकाे बिशेष उपस्थिति रहेकाे थियाे ।

वडा भित्र हुने सबै खाले विभेद काे अन्त्य गर्नका लागि महिलाहरुकाे महत्त्वपूर्ण भुमिका रहन्छ। समाजमा अझै पनि विकृति र अनैतिक कार्यहरु काे भण्डाफाेर गर्दै सभ्य समाज निर्माणका लागि महिला समूह नै सकृय हुनु पर्छ ।