२ कार्तिक २०८२, आईतवार

Tag: नेपाल

मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा

मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा

राजनीति, विचार
पृष्ठभूमि : यस लेखमा विश्व सर्वहारा वर्गको मुक्तिको पथप्ररदर्रशक सिध्दान्त मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधाराकाबारेमा सर्वसाधारण पाठक तथा यस विषयका अध्ययताहरुले बुझ्न सक्ने गरि सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ । विश्व सर्वहारा वर्गको आफ्नो विचारधारा छ , त्यो हो सर्वहारावादी विचाणणरधारा । सर्वहारावादी विचारधारा भनेको मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधारा नै हो । यसैगरी मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधारा भनेको पनि सर्वहारावादी विचारधारा नै हो । स्पष्ट रुपमा भन्नुपर्दा मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधारा भनेको वर्तमान युगको सबैभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विचारधारा हो । यसलाई अझै यसरी स्पष्ट पार्न सकिन्छ कि यो सर्वहारावादी दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणमा आधारित रहेको छ । वास्तवमा यो यस्तो विचारधारा हो - जसले सर्वहारा वर्ग अ...
देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाण्डौ : देशका सबै ठाउमा चिसाे निक्कै बढे पछि सबैलाई सचेत रहन माैसमबिद्हरुले सुझाव दियका छन्।देशका उच्च हिमालि र पहाडि भुभागमा हिउकाे कारण र तराईमा हुस्सु र कुईराेले देशकाे सबै भुभागमा यतिवेला निक्कै चिसाे बढेकाेले सबैलाई चिसाेबाट बच्न माैसमबिदहरुले सुझाव दियका हुन। उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज केहि। बढेको छ । हिजो तीन दशमलव पाँच डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज पाँच दशमलव एक डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान पौने ६ बजे मापन गर्दा हिजोभन्दा आज एक दशमलव छ डिग्री सेल्सियसले न्यूनतम तापक्रम बढेको मौसमविद् सञ्जीव अधिकारी जानकारी दिनुभयो । हिजो यो वर्षको जाडो सिजनको सबैभन्दा कम तापक्रम मापन गरिएको थियो। मौसमविद्का अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । अहिले मधेस ...
अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : २०८० सालमा एसइईमा ३५ प्रतिशत अङ्क ल्यायमा मात्र बिद्यार्थीहरुले उच्च शिक्षा  पढ्न पाउने छन ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्। नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। बोर्डका अध्यक्ष डा. शर्माले भने,‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ)प्रणाली लागू हुँदैछ। यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बतायका हुन।  ...
धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा शेयर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्न थालेकोभन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ताे कार्यमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।बोर्डका अनुसार कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेको छ । साथै त्यस्ता कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने समेत बोर्डले जनाएको छ । “सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरू खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न/नगराउन तथा त्यस्ता कार्यहरू अविलम्ब रोक्...
नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्न...
Ncell काराेबार६६ अर्बभन्दा बढीमा बिक्री भएको खुलासा

Ncell काराेबार६६ अर्बभन्दा बढीमा बिक्री भएको खुलासा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद–बिक्री भएको भनेर विज्ञप्ति जारी गरिए पनि यो कारोबार कम्तीमा ६६ अर्ब ५० करोड (५०० मिलियन डलर) को भएको दस्ताबेज कान्तिपुरले प्राप्त गरेको छ ।एनसेल ६ अर्ब होइन, ६६ अर्बभन्दा बढीमा बिक्री भएको खुलासा आजियटामा मलेसिया सरकारको लगानी भएकाले एनसेलको नाममा भएको छलले मलेसिया सरकारको विश्वसनीयतामाथि पनि प्रश्न उठेको छ । ६ वर्षअघि एक खर्ब ४३ अर्बमा ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा एनसेलले पुँजीगत लाभकर नतिर्ने चाल चलेको थियो । तर नेपालको कर कार्यालयले तोकेको करिब ६६ अर्ब कर नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय ट्रिबुनलबाट पनि अनुमोदन भइसकेको छ । अझ, यसपालि त कारोबार रकम नै कम्तीमा ९० प्रतिशत घटाइएको छ । यसअघि श्रीमती भावना सिंह श्रेष्ठक...
देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :आज देशका केही भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।ब विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।...
आज छठ पर्व, सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

आज छठ पर्व, सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने गरिन्छ ।छठ मनाउने हरुले आफ्नो संस्कार अनुसार विशेष गरेर तराईबासिहरु र ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम छ । राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई ...
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर...
टिकटक आजदेखि बन्द हुने

टिकटक आजदेखि बन्द हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
टिकटक आजैदेखि बन्द हुने भएको छ।प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।...