१ माघ २०८२, बिहीबार

Tag: जाजरकोट

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कुशे गाउपालीका -७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्ब प्रसाद सिंहले बिजय हासिल गरेका छन। सिंहले ३४७ मत ल्यायर विजय भयका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गाेरख बहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन, नेकपा एमालेका डम्बर बहादुर घर्तीले २५२ मत प्राप्त गरेका छन र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७  मत प्राप्त गरेका थिय,भने १५ मत बदर भयका थिए।  एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ । यो वडा माओवादी केन्द्रले अघिल्लो चुनावमा जितेको थियो  वडाध्यक्ष मन बहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत ल्याएर...
जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जुनीचांदे  गाउँपालिका–२ देसीपाटामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर चारजना घाइते भएका छन्। बिश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडाबाट मजकोट जाने सडक निर्माण कार्यका क्रममा आज बिहान करिब १० बजे माथिबाट खसेको माटोको ढिस्कोले कामदारलाई पुरेको हो। घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेलाई ढिस्कोबाट बाहिर निकालिएको छ। ढिस्कोले पुर्दा जुनीचाँदे -२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही,२२ वर्षीया पुलमाया लुहार,३५ वर्षीय नर बहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए । गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।...
काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ ।   काठमाडौंबाट रुकुमको राडी गइरहेकाे प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरकाे बस शनिबार दिउसो  रिठा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाइते भएको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । बस सडकबाट करिब १०० मिटर तल बिजुलीकाे पाेलमा अड्किएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार बिजुलीकाे पाेलले बसलाई भेरी नदीमा खस्नबाट जाेगाएकाे छ । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । बसमा ८ जना यात्रु मात्र रहेकाे बुझिएकाे छ । एक जना पाेखराबाट आएका यात्रु र अरू बाँकी सबै मुसिकाेट लगायतका ठाउँबाट गएका लाेकल यात्रु रहेकाे बुझिएकाे नगर प्रमुख केसीकाे भनाई छ । थप विवरण आउन बाँकी रहेको छ ।...
कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रि परिषदकाे कार्यलय वीरेन्द्रनगर सुर्खेतकाे आयाेजनामा जाजरकोटकाे खलंगामा "प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम"सम्पन्न भयकाे छ । आइतबार जाजरकोट जिल्लाकाे सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभा हलमा भयकाे उक्त कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख - उपप्रमुख, अध्यक्ष - उपाध्यक्ष र जिल्लामा रहेका संघ प्रदेश अन्तर्गतका सरकारी कार्यलयका प्रमुखहरुकाे सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल,आर्थिक मामिला तथा याेजना मन्त्री तथा जाजरकोट क्षेत्र नम्बर "ख" संसद राजिव बिक्रम शाह र पुर्व आर्थिक मामिला तथा याेजना मन्त्री जाजरकोट क्षेत्र नम्बर "क"का संसद  बेदराज सिंहकाे विशेष उपस्थिति रहेकाे उक्त कार्यक्रममा प्रदेश अन्तरगत रहेका विभिन्न बि...
जाजरकोट रावतगाउँमा लाग्ने “पाँच पुर्णिमा सहिद स्मृति मेला” सम्पन्न

जाजरकोट रावतगाउँमा लाग्ने “पाँच पुर्णिमा सहिद स्मृति मेला” सम्पन्न

Breaking News, मनाेरन्जन, संस्कृति, समाचार
जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने "पाँच पुर्णिमा तथा सहिद स्मृति मेला" शुक्रबार सम्पन्न भयकाे छ । मेलामा खुल्ला वडा स्तरिय भलिबलकाे ७५ हजार पुरस्कार रासि रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकाकाे "टिम सागर"ले हात पारेकाे छ , भने दाेश्राे स्थान रुकुम चाैरजहारी - ७ ले प्राप्त गरेकाे छ । प्रत्येक बर्ष दशै पछि पुर्णिमाका दिनकाे अवसर र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा  विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित शुक्रबार सम्पन्न  भयकाे हाे। बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार वडा अध्यक्ष राना लगायत विभन्न  ब्यक्तिहरुकाे उपस्थितिमा सम्पन्न भयकाे हाे  । "पाँच पुर्णिामा सहिद स्मृति मेला" मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि  युवा जागरण विकाश केन्द्र यार्सन जाजरकोट , सहिद स्मृति युवा क्लब भेरी नगरपालिका १ ...
“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने पाँच पुर्णिामा तथा सहिद स्मृति मेला संचालन भयकाे छ । प्रत्येक बर्ष दशै पछि पुर्णिामाका दिनकाे अवसरमा र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित उद्घाटन भयकाे हाे । बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार सम्पन्न हुने बताएकाे छ।प्रत्येक बर्ष लाग्ने पाँच पुर्णिामा सहिद स्मृति मेलालाई ब्यवस्थित र सम्पन गर्नका लागि सबैकाे उल्लेख्य भुमिका रहने र कला साँस्कृतिकाे संरक्षण र बिकाशमा टेवा पुर्‍याउनका साथै बिभिन्न आन्दोलनका क्रममा सहिदहरुकाे सम्झनामा लाग्ने याे मेलालाई आगामी दिनहरुमा पनि अझै प्रभावकारी बनाउदै लग्ने वडा अध्यक्ष दिपक रानाले बताउनु भयाे । "पाँच पुर्णिामा सहिद स्मृति मेला" मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि युवा जागरण विक...
जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटको ऐतिहासिक दरबारमा दशैंका फूलपाती भित्र्याइएको छ । दशैकाे साताैंदिन सप्तमीका दिन परम्परागत राजकीय शक्तिको प्रतिक खड्गदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती  भित्र्याइएको हो ।बिहीबार जाजरकोटको जगतिपुरबाट ल्याएको उखु, अदुवा, बेलपत्रलगायत पूजा सामग्री र खड्ग देवतासहित फूलपाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । २८ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खड्ग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । २८ वर्षपछि पहिलोपटक स्थानीयले बाजासहित जगतिपुरबाट ल्याएकाे फूलपाती र खड्ग जाजरकोट दरबारमा पूजाआजासहित भित्र्याइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा पुजारी सत्यदेव शर्माले ल्याएको खड्ग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक भित्र्याएका हुन् । तत्कालीन गोरखा राज्यका राजा ...
“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :पहाडी क्षेत्र विकास अभियान( एच. आर.डि.सि.) जाजरकोटले आफ्नो स्थापनाको १८ औं साधारण सभा सम्पन्न गरेको छ । संस्था स्थापना भएको २६ वर्ष पुगे संगै साधारण सभा सम्पन्न भएको हो । यस अवधिमा संस्थाले जाजरकोट लगाएत दैलेख , सल्यान,रुकुम पश्चिम, कालिकोट लगाएतका जिल्लामा विभिन्न दातृनिकायको समन्वयका सामाजिक क्षेत्रमा काम गरिसको छ । संस्थाको सामाजिक यात्रा यहाँ सम्म आइ पुग्दा ४५ भन्दा बढी साझेदार संस्था संग सहकार्य गरिसकेको छ । शनिबार सम्पन्न साधारण सभामा संस्थाले वार्षिक रुपमा गरेका गतिविधिहरुको सामाजिक परिक्षण समेत गरिएको छ । विकासको मूलप्रबाहबाट बाहिर रहेका अति बिपन्न र पिछडिएका समुदायको उत्थान र उनीहरुलाई मूलप्रवाहीकरण गर्ने लक्ष्यका साथ एक नागरिक समाज संस्था पहाडी क्षेत्र विकास अभियान जाजरकोटको स्थापना भएको र दिगो विकासका लागि सहकार्य भन्ने नाराकासाथ २०५५ सालमा गैरनाफामुलक गैरराजनीतिक, ...
जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भूकम्प पुनर्निर्माण तथा पुनर्लाभ परियोजना अन्तर्गत जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ३ र ४ मा स्थायी नीजि आवास बलियो सुरक्षित घर प्रवलिकरण (Retrofitting) प्रविधि अनुसार निर्माण भएको सुरक्षित घर हस्तान्तरण तथाअभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ।जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विकास साझेदारहरु, सामाजिक संघ संस्था र नागरिक समाजका अगुवाहरुको उपस्थितिमा थियाे। प्रवलिकरण कार्यक्रम "Fondation De France(FDF)/TGH" को आर्थिक सहयोग र "Build Change" को प्राविधिक सहयोगमा आर्सो नेपाल (ARSOW Nepal) द्वारा जाजरकोट जिल्लाको भेरी नगरपालिकामा संचालन भईरहेको छ।...

बिकल्पकाे बाटाे खाेज्न शहर छिरेका युवाले आफ्नै गाउमा बिकल्प राेजे

खेल, पर्यटन, शिक्षा, संस्कृति
जाजरकोट :बिकल्पकाे खाेजि गर्दा गर्दै शहर छिरेका एक युवा पुन आफ्नाे गाउँ  फर्केर "बिकल्प युवा क्लब" खाेलेर समाजका युवाहरुलाई एउटा बिकल्पकाे बाटाेमा लागाै भन्ने सन्देश दिईरहेका छन् । उमेरले २४ पुगेका छेडागाड -१० जाजरकोटका स्थायि बासिन्दा गाेपाल बिक्रम शाही बिकल्पले देखेकाे शहर र बिकास भएकाे विभिन्न बस्तिलाई मध्यनजर गरेर एउटा बिकल्पकाे रुपमा आफू जन्मेकाे गाउँ र समाजकाे आजकाे अवस्थालाई लिएका हुन् । बिकल्प भन्छन् "आज शहर र गाउँ बिग्रनुकाे मुल कारण विभिन्न नामधारी पार्टीहरुकाे राजनैनिक प्रतिस्पर्धा र लुछाचुडि हाे। यसलाई क्रश गरेर लैजानुपर्छ र अब बिकल्पकाे रुपमा युवाहरु सचेताका साथ उभिनु पर्छ"। छेडागाड -१० कै पहिलाे क्लब "बिकल्प युवा क्लब" नाम राखेर पहिलाे काम परम्परागत रुपमा संचालन हदै आएकाे ऐतिहासिक एंव साँस्कृतिक धराेहर भनेर चिनिने पुनि भदाै पुर्णिमा मेलामा भलिबल आयाेजना गरेकाे छ । क्लवक...