९ कार्तिक २०८१, शुक्रबार

कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

जाजरकोट : कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रि परिषदकाे कार्यलय वीरेन्द्रनगर सुर्खेतकाे आयाेजनामा जाजरकोटकाे खलंगामा “प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम”सम्पन्न भयकाे छ ।
आइतबार जाजरकोट जिल्लाकाे सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभा हलमा भयकाे उक्त कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख – उपप्रमुख, अध्यक्ष – उपाध्यक्ष र जिल्लामा रहेका संघ प्रदेश अन्तर्गतका सरकारी कार्यलयका प्रमुखहरुकाे सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल,आर्थिक मामिला तथा याेजना मन्त्री तथा जाजरकोट क्षेत्र नम्बर “ख” संसद राजिव बिक्रम शाह र पुर्व आर्थिक मामिला तथा याेजना मन्त्री जाजरकोट क्षेत्र नम्बर “क”का संसद  बेदराज सिंहकाे विशेष उपस्थिति रहेकाे उक्त कार्यक्रममा प्रदेश अन्तरगत रहेका विभिन्न बिकास निर्माणका कामहरु , सामाजिक न्याय , शिक्षा र स्वास्थ्य लगायतका कामहरुकाे समीक्षा भयकाे थियाे भने जिल्लामा रहेका विशेष महत्त्वका याेजनाहरु “जस्तै डाेल्पा काेरिडाेर राजमार्ग , रारा लुम्बिनी राजमार्ग, विभिन्न स्थानीय तहमा जाेडियका सहायक सडक र पुल निर्माण र भवन निर्माणका काममा सबैले प्राथमिकतामा हुनु पर्नेमा जाेड दिनु भयकाे थियाे । भुकम्पले क्षतिग्रस्त भाैतिक संरचना अन्तरिम आवास का लागि तत्काल ब्यवस्थापन गर्नु पर्ने र अब पुनर्निर्माणका लागि सबैले पहल गर्नु पर्ने सबैकाे साझा प्रतिबद्धता थियाे ।
अन्तरक्रिया कार्यक्रममा  बाेल्दै मुख्य मन्त्री कडेलले “प्रदेश सरकार संग संलग्न रहेकाे कुनै पनि बिकासका कामहरुकाे भुक्तानी नराेकिने बताउनु भयाे । याेजनाहरुकाे बार्गेनिङ गरेर प्रतिशत माग्ने प्रथाकाे अन्त्य गरिने र कुनै पनि बिकास निर्माणका कामहरुमा छलकपट नगरि साझा प्रतिबद्धता सबैमा हुनुपर्ने  कुरा मन्त्री कडेलकाे थियाे ।
संघ प्रदेश र स्थानीय तहका सरकारकाे तालमेल भयन भने बिकास निर्माण लगायत सम्पुर्ण काममा अन्याैलता र बिबिधता हुन्छ त्यसकारण तिनै तहका सरकारकाे एकताले नै कर्णाली साच्चिकै नमुना प्रदेश बन्ने मुख्यमन्त्री यमलाल कंडेल, आर्थिक मामिला तथा याेजना मन्त्री राजिव बिक्रम शाह र पुर्व आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहकाे ठाेकुवा थियाे ।

पुर्व मन्त्री सिंहले मन्तब्काे क्रममा बाेल्दै भन्नू भयाे”कर्णालीमा बिकासकाे जग बसेकाे छ समृद्धिकाे जग बसाउनु छ”´याेजनाहरुमा बेईमानि हुनुहुँदैन र याेजनाहरुकाे साँची बसेर हुदैन, बस्तु स्थितिबारे ठाेस अध्ययन गरेर याेजना ल्याउन सक्नु पर्ने र कार्यन्वयनमा दृढतापुर्वक लाग्नु पर्छ । ,´बिकास निर्माणका काममा राजनीति प्रतिसाेध राख्न नहुने` मन्त्री शाहकाे जाेड थियाे ।
कार्यक्रम काे संचालन कर्णाली प्रदेश सरकारका मुख्य सचिव आनन्द शाक्यले गर्नु भयकाे थियाे ।