२०८३ श्रावण ३, आइतवार

Tag: जाजरकोट

नेकपा जाजरकोट, भुकम्प प्रभावित क्षेत्रमा प्राथमिक उपचार र उद्धारका काम तिब्रता दिदै

नेकपा जाजरकोट, भुकम्प प्रभावित क्षेत्रमा प्राथमिक उपचार र उद्धारका काम तिब्रता दिदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले भुकम्प पिडित बस्तिहरुमा स्वास्थ्य शिविर संचालन र भत्किएका घरहरुलाई उद्धार  गरेकाे छ । आईतवार डा. प्रकाश चन्द नेतृत्वकाे टाेलि भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगि भेरि नगरपालिका र नलगाड नगरपालिकाका भुकम्पले घाइते र बिस्थापितहरुलाई  प्राथमिकता उपचार गरिरहेका हुन । पार्टीका जिल्ला सेक्रेटरी विराजन शाहीका अनुसार "हाल सम्म भुकम्पले छेतविछेत भईरहेका घरहरु लाई तत्काल पन्छाउने काम भईरहेकाे छ,भेरि नगरपालिकाका १० वटा घर र नलगाड नगरपालिकाका २० वटा घरहरुकाे सामानहरु सुरक्षित ठाउमा राखिएको र उद्धार र राहतका कार्यमा पार्टी निरन्तर लागिरहेको सेक्रेटरी शाहीले बताए"। साथै भुकम्पबाट बिस्थापितहरुलाई तत्कालिन अवस्थामा अन्य बिपत्ति नआहाेस भन्नका  लागि तत्काल आधारभूत स्वास्थ्य शिविर संचालन गरियकाे र १५० जनालाई उपचार गरिसकेका...
राष्ट्रपति रामचन्द्र पाैडेल भुकम्प प्रभावित क्षेत्रमा पुगे

राष्ट्रपति रामचन्द्र पाैडेल भुकम्प प्रभावित क्षेत्रमा पुगे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट आइपुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटकाे भेरि नगरपालिका वडा न - ३ थाप्लेचौरमा अवतरण गरेका हुन। यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पाैडल आज भूकम्प प्रभावित जिल्ला जाजरकोट आएका हुन् । जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि उनी  रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । यसअघि हिजो राष्ट्रपतिले भोलि (बुधबार) देखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका थिए । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका थिए ।...
भुकम्पकाे दाेश्राे ठुलो धक्काले जाजरकोटमा ६ जना र रुकुममा १० जना घाइते

भुकम्पकाे दाेश्राे ठुलो धक्काले जाजरकोटमा ६ जना र रुकुममा १० जना घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् । अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो ।  घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् । यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी थिइन् । काखमा छोरी च्यापेर हाफ फालेकी उनको उपचार भइरहेको छ । छोरी भने सकुशल छिन् । यो सँगै भूकम्पबाट घाइतेहरूको संख्या ३५७ जना पुगेको छ । घाइते हुने जाजरकोटका १४५ जना रहेका छन् भने रुकुम पश्चिमका २०० जना रहेका छन् । यस्तै दैलेखका ३, जुम्लाका चार, सल्यानका २ र कालिकोटका एक जना छन् । घाइतेहरुमध्ये २४३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ११४ जनाको उपचार भइरहेको छ ...
फेरि ५.८ म्याग्निच्युट भुकम्पकाे परकम्पन

फेरि ५.८ म्याग्निच्युट भुकम्पकाे परकम्पन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो ।परकम्पको शक्तिशाली धक्काले स्थानीय नागरिक फेरि त्रसित भएका छन्। ​ शुक्रबार राति भएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ७ हजार परिवार विस्थापित भएका छन् । यस्तै भूकम्पबाट १५३ जनाको ज्यान गएको छ । भूकम्पमा परी जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । यसअघि जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएकामा जिल्ला प्रशासन कार्यालयले चार जनाको नाम दोहोरिएको जनाएको छ । ठूलो भूकम्प भएपश्चात लामो समयसम्म त्यसका परकम्प आउने गर्छन् । भूकम्पको यो धक्कालाई पनि परकम्पनकाे रुपमा लिईयकाे छ ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर प्रदेशले भुकम्प प्रभावित क्षेत्रमाओैषधि पठायकाे छ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर प्रदेशले भुकम्प प्रभावित क्षेत्रमाओैषधि पठायकाे छ

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पाटि नेपाल,३ नम्बर प्रदेश कमिटीले औषधी सहित चिकित्सकहरु भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा पठायकाे छ । साेमबार पार्टीको प्रदेश कार्यलय ललितपुर काे कुपन्डोलमा एक कार्यक्रम गरि ओैषधी पठाएको हाे । पार्टी सम्बद्ध अखिल क्रान्तिकारी केन्द्रीय कमिटी र प्रदेश अन्तरगत  विभिन्न ठाउँबाट संकलन गरेकाे ६ लाख बराबरको बिभिन्न किसिमको ओैषधी ३ नम्बर प्रदेश संयोजक अटल र अखिल क्रान्तिकारीका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलले  पार्टीका केन्द्रीय वरिष्ठ कार्यलय सदस्य सिपि गजुरेल "गाैरव"लाई हस्तान्तरण गरि जाजरकोट पठाइएका हुन। याे ओैषधि कुनै सरकारी राहत काेषमा जम्मा नभई प्रत्येक्ष भुकम्प पिडितहरुलाई पुग्ने गरि बितरण गर्ने गरि संकलन गरियकाे संयोजक अटलले बताए । कार्तिक १७ गते शुक्रबार राति ११:४७ मा जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र विन्दु भयर ६.४ म्याग्न...
भुकम्पले पुर्‍यायकाे प्रारम्भिक क्षतिकाे सार्वजनिक

भुकम्पले पुर्‍यायकाे प्रारम्भिक क्षतिकाे सार्वजनिक

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरी मृतक र घाइते हरुकाे प्रारम्भिक संख्या सार्वजनिक गरियकाे छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन ।त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ । सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १/१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १/१ घर क्षतिग्रस्त भएका छन् । गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भए...
भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।  गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
भुकम्पमा परि हाल सम्म १२९ जनाकाे मृत्युु , ३५० भन्दा बढि घाइते

भुकम्पमा परि हाल सम्म १२९ जनाकाे मृत्युु , ३५० भन्दा बढि घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट।  जाजरकोटकाे बारेकाेट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्। जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७  जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाड नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी आएको उनले जानकारी दिए। अहिलेसम्म साढे २ सयभन्दा धेरै घाइते अस्पताल पुगेको अनुमान गरिएको उनको भनाए छ। केही उपचारपछि डिस्चार्ज भएका, केहीलाई अस्पताल लगिँदै गरेको र विकट ठाउँका केहीलाई अस्पताल पुर्‍याउनै बाँकी रहेकाले यकिन तथ्यांक प्राप्त गर्न कठिनाइ भएको शर्माले बताए। राति सुतेका बेला भूकम्प आएकाले घर भत्किएका ठाउँमा परिवारका सबैजसो सदस्यको मृत्यु भएको पाएको उनले जानकारी ...
भुकम्पमा परि जाजरकोट मा मात्र हाल सम्म ३७ जनाकाे मृत्यु

भुकम्पमा परि जाजरकोट मा मात्र हाल सम्म ३७ जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट रामिडाँडा बारेकाेटलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा भेरी नगरपालिकामा ३० जना , नलगाड नगरपालिकामा ६ जना र छेडागाड नगरपालिकामा १ जना गरि ३७ जना काे मृत्यु भएको हाे । भूकम्पमा परी ४७ जना घाइते भएका हुन् । घाइतेहरूको जाजरकोट जिल्ला अस्पताल खलंगामा उपचार भैईरहेकाे छ ।...
मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट ।जाजरकोट केन्द्र बिन्दु भयर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गयकाे हाे ।जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन । हाल सम्म नलगाड नगरपालिकाकि उपप्रमुख सरिता सिंह लगायत ५४ जनाको मृत्यु भएको छ खबर प्राप्त भयकाे छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको ...