११ श्रावण २०८१, शनिबार

राष्ट्रपति रामचन्द्र पाैडेल भुकम्प प्रभावित क्षेत्रमा पुगे

जाजरकोट ।राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट आइपुगेका छन् ।

  1. नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटकाे भेरि नगरपालिका वडा न – ३ थाप्लेचौरमा अवतरण गरेका हुन। यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पाैडल आज भूकम्प प्रभावित जिल्ला जाजरकोट आएका हुन् ।

जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि उनी  रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यसअघि हिजो राष्ट्रपतिले भोलि (बुधबार) देखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका थिए । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका थिए ।