२ कार्तिक २०८१, शुक्रबार

नेकपा जाजरकोट, भुकम्प प्रभावित क्षेत्रमा प्राथमिक उपचार र उद्धारका काम तिब्रता दिदै

जाजरकोट । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले भुकम्प पिडित बस्तिहरुमा स्वास्थ्य शिविर संचालन र भत्किएका घरहरुलाई उद्धार  गरेकाे छ ।

आईतवार डा. प्रकाश चन्द नेतृत्वकाे टाेलि भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगि भेरि नगरपालिका र नलगाड नगरपालिकाका भुकम्पले घाइते र बिस्थापितहरुलाई  प्राथमिकता उपचार गरिरहेका हुन ।

पार्टीका जिल्ला सेक्रेटरी विराजन शाहीका अनुसार “हाल सम्म भुकम्पले छेतविछेत भईरहेका घरहरु लाई तत्काल पन्छाउने काम भईरहेकाे छ,भेरि नगरपालिकाका १० वटा घर र नलगाड नगरपालिकाका २० वटा घरहरुकाे सामानहरु सुरक्षित ठाउमा राखिएको र उद्धार र राहतका कार्यमा पार्टी निरन्तर लागिरहेको सेक्रेटरी शाहीले बताए”। साथै भुकम्पबाट बिस्थापितहरुलाई तत्कालिन अवस्थामा अन्य बिपत्ति नआहाेस भन्नका  लागि तत्काल आधारभूत स्वास्थ्य शिविर संचालन गरियकाे र १५० जनालाई उपचार गरिसकेकाे र क्रमशः सबै ठाउँमा पुगेर सक्दाे उपचार र सहयाेग गर्ने डा. प्रकाश चन्द ले बताए ।

साथै यश विपत्तकाे घडिमा सबैले आआफ्नो ठाउँबाट सहयाेग गर्नका लागि सेक्रेटरी शाहिले अपिल समेत गरेका छन ।

गत कार्तिक १७ शुक्रबार राति ११:४७ मा जाजरकोटकाे बारेकाेट गाउपालिका वडा नं १ रामिडाँडा केन्द्र बिन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गय पछि हाल सम्म १५७ जनाएको मृत्यु भयकाे छ भने ४०० भन्दा बढि घाइते र हजारौं बिस्तापित भयका छन्। जाजरकोट र रुकुमका पश्चिमका हजारौं घरहरु पुर्ण क्षति भयका छन भने कयौं घरहरु चर्किरहेका छन । भुकम्प  प्रभावित क्षेत्रका कुनै घरहरु बस्नलायक छैनन्।