२३ भाद्र २०८१, आईतवार

चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल राहत का सामाग्री सहित जाजरकोट आउदै

जाजरकोट ।चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भकम्प प्रभावित क्षेत्रमा आउन लागेकी हुन् । उनि भरतपुरबाट नेपालगन्ज हुँदै भोलि विहान भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गर्ने बुझिएको छ।

भूकम्पबाट प्रभावित भएका जिल्ला जाजरकोट र रुकुमका सबै जसो स्थानीय तहमा पुगेर भूकम्प प्रभावित जनताको अवस्था बारे बुझ्न र उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिन मेयर दाहाल आफै सुटुक्क त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

भरतपुर महानगरले प्रारम्भिक रुपमा १ करोड सहयोग गरेको  छ। भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन भरतपुर महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ गरिसकेको छ ।

उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको हो । साथेै महानगरले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिसकेको छ ।

गत शुक्रबार राति कर्णाली प्रदेश जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केटरको भूकम्पबाट १५७ जनाकाे मृत्यु र सयौं घाइते भयका छन ।

भूकम्पले जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट, कुसे, बारेकोट लगायतका स्थानीय तहमा ठुलो जनधनको क्षेतिसँगै धेरै कच्ची घर भत्किएका छन् भने पशुचौपाया र भौतिक संरचनामा ठुलो क्षति पुगेको छ ।