११ श्रावण २०८१, शनिबार

भुकम्पका कारण ५० हजार परिवार घरवारविहीन

जाजरकोट ।शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ५० हजार परिवारलाई बासविहीन बनाएको छ ।

भूकम्पको धक्काले जाजरकोट  सहित  रुकुम, सल्यान, दाङ,रोल्पा, नवलपरासी पूर्व, दैलेख, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।

कच्ची घरहरुमा पुर्ण क्षति पुगेकाे छ भने पक्कि घरहरु पनि चर्कियर बस्न नलायक भयका छन ।
जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो । उक्त परकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका-१ रामीडाँडा नै थियो । अझै पराकम्पन आउने क्रम जारी छ , सबै तिर त्रास फैलिएको छ ।

भूकम्पबाट १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् ।  सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हाल सरकार र विभिन्न संघ संस्था र ब्यक्ति हरुले राहत वितरण र पुनर्स्थापनाको काम जारी राखिरहेका छन।