२३ भाद्र २०८१, आईतवार

सिमानाका भुकम्प पिडितहरुकाे पीडा: हामिले कताबाट राहत पाउने हाे ..?

जाजरकोट । जाजरकोटकाे बारेकाेट गाउँपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर कार्तिक १७ गते, शुक्रबार राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे बिनासकारी भुकम्पले एकै वडाका ३१ जना सहित १५३ जनाएको जनाकाे मृत्यु भयकाे छ भने ३६४ जना घाइते भयका छन।

जिल्लाको भेरि नगरपालिका वडा न १ मा एकै घरका  ६ जना सहित ३१ जनाकाे ज्यान गयकाे छ । भुकम्पले ज्यान लिनुका साथै घहरुमा ठुलाे क्षति पुर्‍यायकाे छ । टाेलहरुमा राेधन र वेदनाका चीत्कार बढिरहेका छन । विभिन्न ब्यक्ति संघ संस्था हरु राहत र उद्धारका लागि तेहा पुगेर सहयाेगकाे लागि सान्त्वना  दिय पनि अहिले सम्मा कुनै किसिमकाे राहत नपाएको  पिडितहरुकाे गुनासो छ।

भेरि नगरपालिका वडा न १ र ३ काे सिमानामा पर्ने खहरेपाखा टाेलमा पनि पुरै घरहरु चर्किरहेका छन । सबै जना बाहिर आकाशमुनि बसिरहेका छन ।

उक्त टाेलका पिडितहरुले कुन वडाले राहत दिने हाे भन्ने बारे अहिले सम्म  पर्खिरहेको गुनासो गरिरहेका छन ।